Tuesday, 19 June 2018 12:43 am, Nepal

काभ्रेबाट नेकपामा दुई केन्द्रीय सदस्य

मेचीकाली : 2018-05-22 15:11:27


सुर्यमानको चर्चा चलेपनि कमानसिंले बाजी मारे
काभ्रे, ८ जेठ :

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा काभ्रेबाट दुईजना मनोनित भएका छन् । काभ्रेका युवा नेता तथा सञ्चार तथा सुचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । यस्तै पुर्व राजदूतसमेत रहेका तत्कालिन नेकपा माओवादी केन्द्रका नेता कमानसिंह लामा पनि केन्द्रीय सदस्य बनेका छन् ।

 तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि केन्द्रिय सदस्यमा मनोनित गर्ने क्रममा एमालेबाट बास्कोटा र लामा छनौट भएका हुन् । विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका तत्कालिन एमाले नेता बास्कोटा अखिलको जिल्ला अध्यक्ष हुँदै एमाले काभ्रेको अध्यक्ष भएका थिए । प्रदेश कमिटी सदस्य तथा केन्द्रिय स्कुल विभाग सदस्य रहेका बास्कोटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ बाट देशकै दोश्रो लोकप्रिय मत ल्याई विजयी भएका थिए । बास्कोटाका प्रतिस्पर्धि नेपाली कांग्रेसका सभापति मधु आचार्यलाई पराजित गर्दै विजयी भएका बास्कोटा क्याविनेट राज्यमन्त्री भएका थिए । राजनीतिमा प्रखर बक्ता तथा स्पष्टवत्ताका रुपमा चिनिएका बास्कोटा एकिकृत पार्टीको केन्द्रीय सदस्य बनेपपिछ जिल्लामा नेता तथा कार्यकर्ताहरुले खुशीयाली मनाएका छन्् । यस्तै अर्का केन्द्रीय सदस्य लामा केही बर्षअघिसम्म दक्षिण कोरियाका लागि नेपाली राजदूत थिए । त्यसअघि उनी जनमोर्चा हुँदै तत्कासिलन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

छिमेकी जिल्ला सिन्धुपाल्चोकमा १० जना केन्द्रिय समितिमा मनोनित हुँदा बास्कोटा लामा मात्रै केन्द्रिय सदस्य भएका हुन् । काभ्रेबाट तत्कालिन नेकपा माओवादी केन्द्रका नेताहरु सुर्यमान दोङ्ग, दिनानाथ गौतम लगायतको चर्चा चले पनि अन्तिममा छनौटमा नपरेको बताईएको छ । जिल्लाबाट केशव बडाल आमन्त्रीत स्थायी कमिटीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु