Monday, 20 August 2018 02:13 pm, Nepal

पक्राउ परे धनेश्वरका इश्वर थापाका हत्यामा संलग्न

मेचीकाली : 2018-06-01 17:14:00


काभ्रे, १८ जेठ :

काभ्रेको बनेपा नगरपालिका ११ धनेश्वरका इश्वर थापाको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । उनको हत्यामा छिमेकीकै हात रहेको पनि खुलासा भएको छ । थापाको जेठ १४ गते राती कुटपिटबाट हत्या भएको थियो । हत्याको अभिउोगमा उनका छिमेकी १८ बर्षीय बसन्त थापा पक्राउ परेका छन् । यस्तै उनका साथी २२ बर्षीय राजु सिग्देलसमेत पक्राउ परेका छन् ।

 खड्काले बुबा वितेको चार महिना नपुग्दै आमामाथी भएको ज्यादती सहन नसकेर चुप्पीको आक्रमणलाई रोक्न खोज्दा बाँसको भाँटा र रडले प्रहार गर्दा छिमेकीको ज्यान गएको बयान दिएका छन् । थापाले हरेक दिनजसो आफ्नी आमा मेनुका खड्कालाई इश्वर थापाले मादक पदार्थ सेवन गरी पटक पटक कोठामा गई कुटपिट गर्दै आएको उनले बताएका छन् । जेष्ठ १४ गते दिउसो हामी कोहि नभएको बखतमा आमालाई कुटपिट गरी बुबा र आमाको नागरिकता, लालपुर्जा समेत खोसी लगेपछि साथी राजु सिग्देललाई लिएर थापा बस्दै आएको अस्थायी टहरामा पुगेको र थापाले चुप्पी प्रहार गरेपछि प्रतिकार गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु