Tuesday, 19 June 2018 12:44 am, Nepal

शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

रासस : 2018-06-06 09:46:05


राजविराज, २३ जेठ :

प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो । आगामी आर्थिक वर्षमा एक÷एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क उपलब्ध गराउने घोषणा उहाँले गर्नुभयो ।

प्रदेश नं २ का मधेश आन्दोलनका क्रममा शहीद भएकाका आमा, बुबा, छोरा, छोरी र श्रीमतीलाई समेट्ने गरी यसअघि नै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले शहीदका परिवारलाई रोजगारी दिने निर्णय गरिसकेका छन् । राहत प्रदान गर्ने नीतिअनुसार उन्नत जातका गाई र भैँसी प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु