dashain
Wednesday, 17 October 2018 11:45 pm, Nepal

काभ्रेका भुकम्पपीडितलाई दिन रकम अभाव

मेचीकाली : 2018-06-06 17:37:11


पैसा नआएपछि घर निर्माण सुस्त
काभ्रे, २३ जेठ :

काभ्रेमा नीजि आवास पुनःनिर्माणको काममा लागेका भुकम्पपिडितहरुलाई दिने रकम अभाव भएको छ । रकम नभएपछि अधिकांश भुकम्प पिडितहरुले घर निर्माण गरे वापतको रकम पाउन सकेका छैनन् । सरकारले भुकम्प पिडितहरुका लागि नीजि आवास पुनःनिर्माण गरे वापतको दोस्रो र तेस्रो किस्ताको रकम नपठाउँदा भुकम्प पिडितले रकम पाउन नसकेका हुन् ।

काभ्रेका प्रमुख जिल्ला इन्जिनियर लोकनाथ रेग्मीले भुकम्प पिडितका लागि रकम निकाशा गर्नुपर्ने भएपनि खातामा रकम शुन्य भएका कारण उपलब्ध गराउन नसकिएको बताए । उनले सरकार बजेटको तयारीमा रहेकोले केहि समयदेखि भुकम्प पिडितहरुको आवास पुनःनिर्माणको रकम जिल्लामा नआएको बताए । उनले तत्कालका लागि करिब डेढ अर्बको भुक्तानी आदेश बनिसकेपनि रकम नभएका कारण दिन नसकिएको बताए । उनले मन्त्रालयबाट रकम निकाशा हुने वित्तिकै भुकम्प पिडितहरुले रकम पाउने बताए । प्रमुख जिल्ला इन्जिनियर रेग्मीले रकम माग गर्दै आएका निवेदनहरुमध्ये तत्काल करिब ८ हजार भुकम्प पिडितलाई दोस्रो किस्ता वापतको एक लाख ५० हजार र करिब ४ हजार भुकम्प पिडितलाई तेस्रो किस्ता वापतको एक लाख रुपैँयाका दरले रकम दिन बाँकी रहेको बताए ।

उनले असारसम्मका लागि करिब तीन अर्ब रुपैँया आवश्यक पर्ने बताए । रेग्मीका अनुसार हालसम्म जिल्लामा करिब १० हजार घरहरु निर्माण भईसकेका छन् । हालसम्म करिब ३० हजार भुकम्प पिडितले दोस्रो किस्ता, ८ कजारले तेस्रो किस्ताको रकम लगिसकेका छन् । रेग्मीले भुकम्प पछिको पुनःनिर्माण अन्र्तगत तीन वटा सडकको पुनःनिर्माणको काम भईरहेको बताए । उनले खोपासी–ढुंखर्क–च्याम्राङबेशी सडक निर्माणको काम ८५ प्रतिशत, कुन्ताबेशी–नयाँगाउँ–नगकोट सडकको काम ३० प्रतिशत सम्पन्न भईसकेको बताए । उनले शनिवारदेखि हिंगुवापाटी–ज्याम्दी–दोलालघाट सडकको काम समेत सुरु भईसकेको बताए । यी सडक निर्माण भएपनि भुकम्प पिडितलाई आवास निर्माणको लागि सामाग्री ढुवानी गर्न सहज हुनेछ । रेग्मीले भुकम्पबाट क्षति भएकामध्ये १ सय १२ वटा गुम्बा पुनःनिर्माणको तीनिहरुको हालको अवस्थाहरुको फोटो खिचेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु