Tuesday, 19 June 2018 12:33 am, Nepal

इनारमा डुबेर काभ्रेको अनैकोटमा दुईजनाको मृत्यु

मेचीकाली : 2018-06-11 18:56:04


काभ्रे, २८ जेठ :

पाँचखाल नगरपालिका वडा नम्वर २ अनेकोटको रातोपैरोमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । स्थानीय राम बहादुर तमाङको घरमा रहेको इनार सफा गर्न राम बहादुर तामाङ, उनका छोरा सानु कुमार तामाङ र छिमेकी पेम्मा दोर्जेका छोरा टुल्कु तामाङ इनारमा पसेका थिए ।

अपरान्ह ५ बजे तीनै जनालाई इनारभित्र अचेत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यपछि उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पतालले साँढे पाँच बजे ५० वर्षिय राम बहादुर तामाङ  र उनका छोरा २५ वर्षिय सानुकुमार तामाङ लाई मृत घोषणा गरेको थियो ।

१६ वर्षिय टुल्कु तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । खाली इनार सफा गर्न जाँदा अक्सिजनको कमी भई उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु