Tuesday, 19 June 2018 12:32 am, Nepal

मुसहरजातिको सामूहिक चर्पी

मेचीकाली : 2018-06-13 13:53:28


उदयपुर, ३० जेठ :

चौदण्डी नगरपालिका– ३ हँडिया तथा सुन्दरपुरको मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थालेको छ । घरका चर्पीमा ससुरा, सासू, बुहारी र बाबुछोरीले एउटै चर्पी प्रयोग गर्न नहुने सोच र परम्परा तोडिएको छ । चार वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि सुन्दरपुर, हँडिया, जोगीदहलगायत विभिन्न क्षेत्रमा मुसहर जातिले घरमा संयुक्त चर्पी प्रयोग नगरेको हँडियाका स्थानीयवासी कृष्ण चौधरी बताउनुहुन्छ ।

दुई वर्षयतादेखि विभिन्न सामाजिक अभियानकर्मीको प्रयास र मुसहर जातिका घरघरमा सामूहिक चर्पी प्रयोग गर्ने अभियान र जनचेतना फैलाउने काम व्यापक रुपमा हुन थालेपछि अहिले ससुरा, बुहारी, छोराछोरी सबैले सामूहिक चर्पी प्रयोग गर्न थालेको हँडिया माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ छ ।

अहिले सबैको प्रयासले सामूहिक चर्पी प्रयोग हुन थालेको र यसमा विगतको भन्दा दोब्बरले सुधार आएको सुन्दरपुरका समाजसेवी देवनारायण चौधरी बताउनुहुन्छ । केही समय यतादेखि मुसहर र चौधरी समाजमा सामूहिक चर्पी प्रयोगमा व्यापक सुधार आएको खुला दिसामुक्त क्षेत्रका मुख्य अभियानकर्मी तथा पत्रकार कौशल चेम्जोङको धारणा यस्तो छ ।

अहिले मुसहर जातिका ९०% परिवारका घरमा एउटै चर्पी र सामूहिक प्रयोग हुने गरेको अभियन्ता तथा वरिष्ठ पत्रकार चेम्जोङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु