Wednesday, 22 August 2018 07:44 am, Nepal

काभ्रेमा भुकम्पपछिको पुननिर्माण सुस्त

मेचीकाली : 2018-06-20 07:47:41


अहिलेसम्म १९ प्रतिशत मात्रै घर निर्माण सकियो
काभ्रे, ६ असार :

भुकम्प गएको ३७ महिना वितिसक्दा काभ्रे जिल्लामा भुकम्पबाट क्षति पुगेका घरहरुमध्ये हालसम्म १९ प्रतिशत घर मात्रै निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भुकम्पबाट क्षति पुगेका र सरकारसँग अनुदान सम्झौता गरिएकोमध्ये १९ प्रतिशत घर निर्माण सम्पन्न भएको जनाएको छ ।

प्राधिकरणले अनुदान सम्झौता भएका ६६ हजार ९ सय ९१ मध्ये हालसम्म १२ हजार ८ सय ७ वटा घर निर्माण सम्पन्न भएको जनाएको छ । प्राधिकरणले भुकम्पबाट क्षति पुगेकामध्ये हालसम्म ५२ प्रतिशत घरहरु निर्माण हुँदै गरेको जनाएको छ । अहिले काभ्रेमा ३७ हजार ८ सय ६२ घर निर्माण भईरहेको प्राधिकरणले जनाएको छ । भूकम्पिय आवास पुनः निर्माण शाखा, जिल्ला आयोजना कार्यान्वय ईकाइ काभ्रेका अनुसार हालसम्म दोस्रो किस्ताको रकम लिएका भुकम्प पिडितहरुमध्ये आजसम्म २० प्रतिशत पिडितले तेस्रो किस्ता रकम बुझेका छन् । इकाईका अनुसार हालसम्म काभ्रेमा ७ हजार ५९ भुकम्प पिडितले तेस्रो किस्ता रकम बुझिसकेका छन् ।

५ हजार ८ सय ४४ भुकम्प पिडितले नेपाल सरकार र १ हजार २ सय १५ भुकम्प पिडितले गैह्र सरकारी संस्थामार्फत तेस्रो किस्ताको रकम लिएका हुन् । भुकम्पबाट पूर्ण रुपमा घर क्षति भई अनुदान सम्झौता गरेका भुकम्प पिडितहरुमध्ये हालसम्म ३८ प्रतिशत अर्थात् २५ हजार ४ सय ८० भुकम्प पिडितले दोस्रो किस्ता वापतको रकम बुझेका छन् । इकाईबाट कोष तथा लेखा नियन्त्रक(कोलेनिका) कार्यालयमा पठाइएका ३३ हजार ८ सय ४१ पिडितहरुमध्ये हालसम्म २३ हजार ४ सय १३ भुकम्प पिडितको रकम बैँकमा गएको छ भने बाँकी पिडितहरुको रकम बैँकमा जम्मा हुन बाँकी रहेको छ । दोस्रो किस्ता रकम लिएका २५ हजार ४ सय ८० भुकम्प पिडितमध्ये २ हजार ६७ जनाले गैह्र सरकारी संस्थामार्फत दोस्रो किस्ताको रकम लिएका हुन् । इकाईले भुकम्पबाट घर सामान्य क्षति भई प्रवलिकरण(रेट्रोफिटिङ्ग) गर्नुपर्ने २ हजार ४ सय २१ घरहरुमध्ये २३ प्रतिशतसँग अनुदान समझौता भएको जनाएको छ । हालसम्म ५ सय ४५ जनासँग अनुदान सम्झौता भएर पहिलो किस्ताको रकम समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु