Saturday, 22 September 2018 03:16 pm, Nepal

धुलिखेल नगरपालिकाले सुरु गर्यो मोबाइल एप्स

मेचीकाली : 2018-08-03 17:01:14


काभ्रे, १८ साउन :

आफ्नो सेवा प्रवाहलाई सूचनाप्रविधीमैत्री एवं सहज बनाउने उद्देश्यले धुलिखेल नगरपालिकाले मोबाइल एप्लिकेशन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिकाको मोवाईल एप्लिकेशन टेलिफोन गरी शुभारम्भ गरेका छन् । काठमाडौको सोल्टी होटलबाट प्रधानमन्त्री ओलीले नगरपालिका कार्यालयमा कर्मचारीलाई टेलिफोन गरी उक्त एप्लिकेशनको शुभारम्भ गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित ‘डिजिटल नेपाल कन्फरेन्स’ को शुभारम्भकै बीचमा स्थानीय सरकारहरुमा प्रयोग गर्न लागिएको एप्स धुलिखेल नगरपालिकामा शुभारम्भ गरिएको हो । प्रधानमन्त्री ओलीले डिजिटल नेपाल बनाउने अभियानमा स्थानीय सरकारहरुलाई डिजिटल सरकार बनाउने प्रयास स्वरुप तयार गरिएको एप्सको उद्घाटन गरेका थिए । डिजिटल नगरपालिका बनाउने कदमको शुरुवात एप्सबाट भएको प्रमुख प्रशासकिय अधिकृत महेश बरालले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्री गोकुल बास्कोटाको विशेष पहलमा धुलिखेल नगरपालिकामा उक्त एप्लिकेशन तयार भएको उनले बताए । एप्लिकेशनमा नगरपालिकाले प्रदान गर्ने सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा वितरण, महत्वपूर्ण स्थानहरु, जनमत लगायतको फिचरहरु समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु