Saturday, 22 September 2018 03:00 pm, Nepal

बनेपा हेल्य केयरको सेवा सुरु

मेचीकाली : 2018-08-11 17:39:59


काभ्रे, २६ साउन :

काभ्रेका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले बनेपामा नयाँ स्वास्थ्य संस्थाको स्थापना भएको छ । आज बृहत स्वास्थ्य शिविरको आयोजना गर्दै संस्थाले विधिवत रुपमा सेवा प्रारम्भ गरेको हो । काभ्रेको व्यापारिक नगरी बनेपामा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले बनेपा हेल्थ केयरको स्थापना भएको छ ।

काभ्रे तथा आसपासका क्षेत्रहरुमा हाड, नसा जोर्नी लगायतका सबैजसो स्वास्थ्य समस्या समाधान गर्ने उदेश्यले स्थापना गरिएको बनेपा हेल्थ केयर सेन्टरको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं वादेले गरेका छन् ।  हेल्थ केयरको उद्घाटन गर्दै मेयर वादेले बनेपामा आवश्यक रहेको हाड, जोर्नी र नसाको समस्या समाधान गराउने उदेश्यले स्थापना भएको हेल्थ केयरले धेरैभन्दा धेरै जनताले सेवा लिने आशा व्यक्त गरे । युवाहरुकै लगानीमा बनेपावाटै थेरापी सुविधा सहितको हेल्थ सेन्टर स्थापना गर्न पाएकोमा आफूहरुलाई खुसी लागेको हेल्थ केयरका संचालक विमल न्यौपानेले बताए ।

कार्यक्रममा स्पार्क हेल्थ होमका डाक्टर सुनिलकुमार पौडेलले बिरामीहरुको स्वास्थ्यलाई कुनै पनि असर नपार्ने किसिमले बनेपावाट सेवा सुरु गरेको बताए । यस्तै बनेपा हेल्थ केयरका अध्यक्ष सुजता अधिकारीले कमिशन रहित सहुलियतपुर्ण गुणस्तरीय स्वास्थ्य परिक्षण हाम्रो अभियान अन्तरगत बनेपा हेल्थ केयरको स्थापना गरेको बताईन् । हेल्थ केयरको उद्घाटनको अवसरमा ५ सय भन्दा धेरैले निशुल्क चेकजाँच गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु