dashain
Thursday, 18 October 2018 07:21 am, Nepal

धुलिखेलका मेयर व्याञ्जू नगरपालिका संघको अध्यक्षमा निर्वाचित

मेचीकाली : 2018-08-31 07:41:11


काभ्रे, १५ भदौ :

नेपाल नगरपालिका संघको छैटौ अधिबेशनबाट धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको छैटौं अधिवेशनबाट व्याञ्जु सर्वसम्मत निर्वाचित भएका हुन् । ब्याञ्जु २०५४ सालको स्थानीय निकायको निर्वाचनमा धुलिखेल नगरपालिकाको उपप्रमुख भई संघको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्ष हुँदै ब्याञ्जु धुलिखेल नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि संयोजक भएका थिए । विश्वका विभिन्न देशहरुको भ्रमण गरी नेपालका नगरपालिकाहरुको विकास र सम्वृद्धीका लागि उनले भूमिका निर्वाह गर्दै आएका थिए । यस अघि २० वर्ष अध्यक्ष रहेका हालका प्रदेश तीनका मुख्य मन्त्री डोरमणी पौड्याल संघका अध्यक्ष थिए । नगरपालिका महासंघमा अध्यक्ष सहित ३९ सदस्यिय समिति चयन भएको छ । उपाध्यक्ष, महासचिव, उप महासचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रदेश संयोजक ७, खुल्ला सदस्य १८, महिला सदस्य ५ र समावेशी सदस्य ३ रहने विधानत ब्यवस्था गरिएको छ । सबै भन्दा धेरै प्रदेश नम्वर २ बाट ४ जना हुनेछ भने १ नम्वर र ३ प्रदेशबाट ३÷३ जना हुनेछ । प्रदेश १ मा ४९, प्रदेश २ मा ७७, प्रदेश ३ मा ४५, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३६, प्रदेश ६ मा २५ र प्रदेश ७ मा ३४ वटा महानगर, उपमहानगर र नगरपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु