dashain
Thursday, 18 October 2018 07:38 am, Nepal

न्यु मेक्सिकोमा बस दुर्घटना, सातको मृत्यु

एजेन्सी : 2018-08-31 13:16:00


अमेरिका १५ भदौ :

अमेरिकाको न्यु मेक्सिको राज्यको सीमा क्षेत्रमा रहेको एरिजोनामा ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । दुर्घटनाग्रस्त बसमा ४९ व्यक्ति सवार रहेका थिए । तर तत्काल कति व्यक्ति घाइते भएका हुन् भन्ने बारेमा भने यकिन नभएको समाचारमा जनाइएको छ ।

दुई सवारी साधन विपरीत दिशाबाट गुडिरहेको बेला ठोक्किन पुगेका थिए । यसले बसलाई बढी क्षति पुगेको र बसका यात्रु प्राय सबैजसो घाइते भएका बताइएको छ । यस दुर्घटनामा घाइते भएका कम्तीमा नौ व्यक्तिको न्यु मेक्सिको अस्पताल (युएनएम) मा उपचार भइरहको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

घाइतेमध्ये अधिकांश व्यक्तिको अवस्था गम्भीर रहेको बताइएको छ । यस दुर्घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु