dashain
Thursday, 18 October 2018 07:31 am, Nepal

शिक्षक सेवा आयोगको परिक्षा फारम भरेको जिल्लाबाट दिन नपाइने

मेचीकाली : 2018-09-07 10:15:19


काठमाडौं, २२ भदौ  :

शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभइ फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगले जनाएको छ ।

७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने आयोगका प्रशासकिय प्रमख तुलसीप्रशाद थपलीयाले जानकारी दिनुभयो । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ । तीनै तहको परीक्षाको लागि करीब २ सय २५ परीक्षा केन्द्र तोकिने भएको छ । कूल १२ हजार ७ सय ५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु