dashain
Thursday, 18 October 2018 02:39 am, Nepal

काभ्रेबाट हराएका डेढसय महिला र बालबालिका अझै भेटिएनन्

मेचीकाली : 2018-10-09 08:12:42


बनेपा, २३ असोज

: पछिल्लो तीन आर्थिक वर्षमा हराएका महिला तथा बालबालिकाहरुमध्ये अहिलेसम्म अझै डेढसय फेला नपरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङक अनुसार आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म ३ सय ९६ महिला तथा बालबालिका हराएका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/०७३ देखि भदौसम्म महिला २  सय ७९, बालक ३३ र बालिका ८० जना हराएको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफन्तहरुले खोजि गरिदिन भन्दै निवेदन दिएको प्रहरीले जनाएको छ । प्रहरीले आर्थिक वर्ष २०७२÷०७३ मा १ सय ११, २०७३/०७४ मा १ सय ९, आर्थिक वर्ष २०७४÷०७५ मा १ सय ६१ र आर्थिक वर्ष २०७५/०७६ को भदौसम्म १५ जना महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ । हराएका ३ सय ९६ महिला तथा बालबालिकामध्ये हालसम्म २ सय ५१ जना फेला परेको प्रहरीले जनाएको छ ।

फेला पर्नेमा महिला १ सय ५८, बालक २६ र बालिका ५७ जना रहेका छन् । प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ५४, आर्थिक वर्ष २०७३/०७४ मा ८६,  आर्थिक वर्ष २०७४/०७५ मा १ सय १ जना र २०७५/०७६ को भदौ महिनासम्म १० जना फेला परेका छन् । प्रहरीको तथ्याङक अनुसार हालसम्म हराएकामध्ये एक सय ४५ महिला तथा बालबालिका फेला पर्न बाँकी रहेका छन् । इन्सेक काभ्रेका प्रतिनिधि मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले भुकम्पपछि काभ्रेमा महिला तथा बालबालिका हराउने क्रम बढेको बताए ।

उनले आफन्तहरुले हराएका ब्यक्तिको खोजीका लागि प्रहरीमा  निवेदन  दिने र फेला परेपछि फेला परेको जानकारी नदिने परिपाटीले गर्दा हराउने महिला तथा बालबालिकाको संख्या बढी हुने गरेको बताए । उनले प्रहरीले पनि हराएका व्यक्तिहरुको खोजीका लागि आफ्ना मातहतका चौकीमा पत्राचार गर्ने र समय समयमा त्यसको खोजीमा चासो नराख्ने गरेको बताए । उनले हराएका महिला तथा बालबालिकाको अवस्थाका बारेमा जानकारी लिनको लागि हरेक वर्ष छुट्टै समुह बनाएर हराएका व्यक्तिको खोजतलास गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु