dashain
Thursday, 18 October 2018 02:43 am, Nepal

किन देखाए बामदेवले पदको मोह ?

मेचीकाली : 2018-10-10 02:00:13


नेकपामा असन्तुष्टि चुलिँदै
काठमाडौं, २४ असोज :

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउने प्रयासपछि नेकपाभित्र असन्तुष्टि चुलिएको छ । यो निर्णयमा स्वयं पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डका साथै बरिष्ठ नेता माधवकुमार नेपालसमेत असन्तुष्ट देखिएका छन् । अध्यक्ष ओलीनिकट एक स्थायी समिति सदस्यले जनतासँग विभिन्न प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अरु कसैको स्वार्थका लागि जनतालाई धोका दिनु गलत भएको बताए ।

 यस्तो प्रवृत्तिले जनताप्रति पार्टीको विश्वास गुम्ने ओलीनिकट नेताहरुको भनाई छ । नेकपाका नेताहरुले पार्टीभित्र छलफल नै नगरी एक्कासि यस्तो प्रस्ताव आउनु गलत भएको बताएका छन् । ओली पक्षकै अर्का एक नेताले जनताले आफ्नो मत जाहेर गरेपछि कम्तीमा एक कार्यकाल धैर्य गर्ने साहस गौतमले गर्नुपर्ने बताए । गौतमलाई सांसद बनाउन काठमाडौं ७ मा उपचुनावको तयारी भइरहेको छ । त्यसका लागि उक्त क्षेत्राट निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरले राजिनामा दिएका छन् । गौतमको सांसद बन्ने प्रयासप्रति माधव नेपाल समूह पनि सकारात्मक देखिएको छैन ।

अहिले पार्टीको काम गरेर बस्नुपर्ने बेलामा संसदमा आउने आशक्ति देखाउनु सही नभएको नेपाल पक्षका नेताहरुको भनाइ छ । यस्तै पार्टीका अर्का अध्यक्ष प्रचण्ड समूहका नेता पनि गौतमको प्रयासप्रति सन्तुष्ट देखिएका छैनन् । निर्वाचनमा जितहार स्वाभाविक भएकाले जितेकाले आफ्नो भूमिकाअनुसार काम गर्नुपर्ने र हारेकाले पार्टीका अन्य जिम्मेवारीमा रहेर काम गर्नुपर्ने प्रचण्ड पक्षका नेताहरुको भनाई छ । यसअघि गौतमले सुरुमा डोटी, त्यसपछि नवलपरासी, कैलाली लगायतका जिल्लाका सांसदलाई राजिनामा गराएर चुनाव लड्ने योजना बनाएका थिए । तर, ती प्रयास असफल भएपछि उनी काठमाडौं ७ बाट चुनाव लड्ने योजनाका साथ अघि बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु