dashain
Thursday, 18 October 2018 01:52 am, Nepal

एकता प्रक्रियामा जुट्यो नेकपा काभ्रे

मेचीकाली : 2018-10-11 08:09:31


कार्यालय सञ्चालन कमिटी गठन
काभ्रे, २५ असोज :

जिल्ला नेतृत्व टुङ्गिन समय लागेपछि नेकपा काभ्रेले दुबै पार्टीका पदाधिकारीहरु रहने गरी जिल्ला तथा तल्ला कमिटीहरु चलायमान बनाउने निर्णय गरेको छ । बुधबार जिल्ला कमिटी काभ्रेको कार्यालयका नेकपा स्थायी कमिटी सदस्य एंवम प्रदेश नंवरन्र्चाज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सह इन्र्चाज हित बवहादुर तामाङ, ३. नंवर प्रदेशका अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकको संचालन ३ नंवर प्रदेश सचिव आनन्द प्रसाद पोखरेलले गरेका थिए । बैठकले साविक नेकपा एमालेका जिल्ला इन्चार्ज इश्वरी रिजाल, जिल्ला अध्यक्ष टोकबहादुर वाईवा, उपाध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे र उप सचिव इन्द्रबहादुर तामाङ तथा माओवादीको तर्फबाट जिल्ला इन्चार्ज सुर्यमान दोङ, सह इन्चार्जहरु तेजबहादुर मिजार, गंगाबहादुर दोङ, दिनानाथ गौतम र जिल्ला संयोजक रुकु चौलागाई रहेको दैनिक कार्य संचालन गर्ने अधिकार प्राप्त कमिटी गठन गरेको छ ।

त्यस्तै बैठकले नेकपाको जिल्ला कार्यालय पुर्व एमालेको जिल्ला कार्यालय बनेपा काभ्रेबाट संचालन गर्ने निर्णय गरेको छ । स्थानीय स्तरका पार्टी कार्यालयहरु स्थापना र सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको कार्यालय सचिव बसुन्धरा हुमागाईले जानकारी दिए । कार्यालय नियमित संचालन गर्नका लागि कार्यालय सचिवमा बुसुन्धरा हुमागाई र सहायक सचिब राजकुमार तामाङलाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ । विजया दशमी तथा शुभदिपावलीको उपलक्ष्यमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम गर्ने, उक्त कार्यक्रम स्थानीय स्तरका कमिटिहरुमा समेत गर्न निर्देशन दिएको छ ।

नेकपाको काभे्र जिल्ला माताहतका तल्लो कमिटिको एकिकरण गर्ने कामलाई नियमित बैठक वसी अगाडि बढाउने निर्णय गरेको छ । पुर्व एमाले र माओवादी केन्द्रको काभ्रे जिल्ला भित्र रहेका सम्र्पुण संगठित सदस्यहरुलाई एकिकृत गरी अभिलेख राखी प्रदेश र केन्द्र मा पठाउने र पुर्व दुबै पार्टीमा रहेको सम्पुर्ण सम्पती तथा दस्तावेज एकिकृत गरी अभिलेख गरि राख्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु