dashain
Thursday, 18 October 2018 02:30 am, Nepal

क्योकुशिन–सेईसिन कराँतेको बेल्ट प्रमोशन टेष्ट सम्पन्न

मेचीकाली : 2018-10-11 13:32:46


भक्तपुर/नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघ, टेक्निकल कमिटिको आयोजनामा संचालन भएको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पूर्व सांसद तथा पूर्व खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादब ले उद्घाटन गरेका थिए  ।  संघका केन्द्रिय अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम भर्खरै सम्पन्न तेस्रो के.व्याग अन्तराष्ट्रिय मुवाँ थाई फाईट च्याम्पियनसिपमा च्याम्पियन भएका क्योकुशिन–सेईसिन कराँतेका खेलाडी सन्देश मानन्धर तथा नवौं राष्ट्रिय सिन क्योकुशिन कराँते प्रतियोगितामा महिला तर्फ द्धितिय स्थान हासिल गर्ने सुबिता देउला र पुरुष ५० के.जि. तौल समुहमा उत्कृष्ट खेलाडी घोषित भएका पारस ठकुरीलाई सम्मान गरिएको थियो ।

खेलाडी सुदिप पाण्डेले उदघोषण गरेको कार्यक्रममा संघका सचिव प्रविण बस्नेतले स्वागत मन्तव्य दिएका थिए ।   कार्यक्रमका विशिष्ट अतिथी नेप्लिज फेशन होमका अध्यक्ष तथा समाजसेवी हेमा मानन्धर ले मन्तव्यको क्रममा कराँते स्वास्थ्यका लागि मात्र नभई आजको परिस्थितीमा देशमा जुन महिला हिंसा तथा बलात्कारका घटनाहरु दिनानुदिन बढिरहेको छ सोको रोकथामको लागि पनि यो आत्मसुरक्षाको कलाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका थिए । बेल्ट प्रमोशनका लागि देशभरीबाट जम्मा ४५ जना सिनियर ब्ल्याकबेल्ट खेलाडीहरु सहभागी भएको सो  कार्यक्रममा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुका साथै संघको बार्षिक कार्यक्रम अन्तर्गत आगामी मंसीर १४ र १५ गते “प्रथम ईण्डो–नेपाल खुल्ला फुलकन्ट्याक्ट कराँते प्रतियोगिता–२०७५” तथा “तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट ( क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०७५” आयोजना गर्ने  जानकारी गराएका थिए  ।  कार्यक्रममा अतिथीहरुमा भक्तपुर उद्योग बाणिज्य संघका कार्यकारी सदस्य रोशन भयाद्यो, भक्तपुर जिल्ला खेलकुद बिकास समितिका सदस्य सुन्दर प्रजापति तथा संघका कोषाध्यक्ष निर्मल कर्मचार्यको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु