Friday, 18 August 2017 12:37 pm, Nepal

‘दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल’

मेचीकाली : 2017-07-08 10:22:25

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गर्नुभएको छ । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभएको छ । स्थानीय तह निर्वाचन, मतदातामा देखिएको उत्साह, मतगणनामा भएको ढिलाइ, निर्वाचन आचारसंहिता पालनालगायत समसामयिक विषयमा प्रमुख आयुक्त डा यादवसँगलिएको अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ ः

पुरा पढ्नुहोस्

५ वर्षभित्र धुलिखेल नगरबासी आत्मनिर्भर बन्नेछन् : अशोक व्याञ्जू

मेचीकाली : 2017-04-24 16:54:24

धुलिखेल नगरपालिकाका पुर्वमेयर अशोक व्याञ्जु आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेको तर्फबाट धुलिखेल नगरपालिकाका मेयरका उम्मेदवार चयन भएका छन् । नेपाल नगरपालिका संघका उपाध्यक्ष, नेकपा एमाले काभ्रेका उपाध्यक्षसमेत रहेका व्याञ्जु विकासप्रेमी नेताको रुपमा परिचित छन् । प्रस्तुत छ धुलिखेल नगरपालिकाको मेयरमा उम्मेदवार चयन भएपछि उनको विकासका योजना, नगरभित्रको समस्या र समाधान लगायतका विषयमा गरिएको कुराकानी

पुरा पढ्नुहोस्

'दलहरूबीच फाटो नल्याइकन निर्वाचन गर्छौँ '

मेचीकाली : 2017-02-16 18:44:16

-सुरेन्द्र कार्की, सूचना तथा सञ्चारमन्त्री

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले संसद्भित्र भएका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरूबीच कुनै फाटो नपारी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्की दलहरूबीच चाँडै सहमति कायम हुने र निर्वाचनको वातावरण बन्नेमा आशावादी हुनुहुन्छ । नेकपा(माओवादी केन्द्र) पार्टी पङ्क्तिमाझ बौद्धिक व्यक्तित्वका रुपमा चिनिनु हुने उहाँसँग  लिएको अन्तर्वार्ताका सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:

पुरा पढ्नुहोस्

'मुखर्जीको भ्रमणले सम्बन्धमा नयाँआधार सिर्जना हुने'

मेचीकाली : 2016-11-01 17:25:28

प्रकाशशरण महत

परराष्ट्रमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट बुधवारदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्ने विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गर्नुभएको छ । राष्ट्रपति मुखर्जीको नेपालको तीनदिने (कात्तिक १७—१९) सद्भावना भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको छ । राष्ट्रपति मुखर्जीको भ्रमणमा केन्द्रित रहेर  मन्त्री परराष्ट्रमन्त्री डा. महतसँगको कुराकानीको मुख्य अंश :

पुरा पढ्नुहोस्

'नेपालको संविधान महत्वपूर्ण कोशेढुंगा हो'

मेचीकाली : 2016-04-20 08:13:16

-अलेना बी टेप्लिज

नेपालका लागि अमेरिकी राजदूत

अलेना बी टेप्लिज नेपालका लागि अमेरिकी राजदूत हुन् । नेपालमा दुई बर्षदेखि कार्यरत राजदूत टेप्लिजले यही वैशाख ७ गते काभ्रेको बनेपामा रहेको प्राइम एफएम १०४.५ मेगाहर्जमा पुगेर विशेष अन्तरवार्ता दिइन् । नेपाल र अमेरिकाबीचको सम्वन्ध, भुकम्पपछिको पुननिर्माण, नेपालको नयाँ संविधानबारे अमेरिकाको धारणा अनि नेपालमाथि भारतले गरिरहेको नाकावन्दी र त्यसले पारेको प्रभावका विषयमा उनलाई प्रश्न सोधिएको थियो । प्राइम एफएमका लागि मोतिराम तिमल्सिनाले लिएको विशेष अन्तरवार्ता सान्दर्भिक लागेर हामीले यहाँ प्रस्तुत गरेका छौं ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु