Saturday, 26 May 2018 11:59 am, Nepal

अलैँची किसान आधुनिक भट्टीतर्फ आकर्षित

मेचीकाली : 2018-05-11 17:39:58

पाँचथर, २८ वैशाख : अलैँची किसान परम्परागत भट्टी त्यागेर आधुनिक भट्टीतर्फ आकर्षित हुन थालेका छन् । अलैँची सुकाउन कम इन्धन चाहिने, समयको बचत हुने तथा सुकाइएको अलैँचीमा प्राकृतिक रङ र बास्ना हुने भएकाले किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।

पुरा पढ्नुहोस्

काम नसकिँदा विद्युत् खेर जाँदै

मेचीकाली : 2018-05-10 16:59:21

पाँचथर, २७ वैशाख : थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ । प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजनाको ३३ केबिएबाट पाँच मेगावाट मात्र केन्द्रीय प्रसारणमा जडान हुँदैछ ।

पुरा पढ्नुहोस्

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

मेचीकाली : 2018-05-07 13:21:42

पाँचथर, २४ वैशाख : मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ । फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

सडक दुर्घटनामा एकको मुत्यु, आठ घाइते

मेचीकाली : 2018-02-24 12:59:20

पाँचथर, १२ फागुन : मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँंदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण

मेचीकाली : 2018-01-27 13:47:59

पाँचथर, १३ माघ : पाँचथर जिल्लामा सरकारी कार्यालयमा पहिलो पटक स्तनपान कक्ष निर्माण गरिएको छ । सु–आहाराको सहयोगमा जिल्ला प्रशासन कार्यालय पाँचथरमा निर्माण गरिएको कक्षको शुक्रबार फिदिम नगरपालिकाको उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले शुभारम्भ गर्नुभयो । स्तनपान कक्ष निर्माण पश्चात सेवा लिन आउने स्तनपान गराइरहेका महिलालाई स्तनपान गर्न सहज होस् भन्ने उद्देश्यले यो कक्षको निर्माण गरिएको सु–आहाराका पाँचथर जिल्ला संयोजक भरत शर्माले जानकारी गराउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु