Wednesday, 22 November 2017 06:41 pm, Nepal

नेम्वाङ र आङ्देम्बेबीच टक्कर

मेचीकाली : 2017-11-20 13:56:20

पाँचथर, ४ मंसिर ४ : पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिनुभएको छ ।

पुरा पढ्नुहोस्

पाँचथरमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न ११ जना पक्राउ

मेचीकाली : 2017-11-19 09:50:42

पाँचथर, ३ मंसिर : आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ रहेका छन् । त्यस्तै सोही गाउँपालिका–५ का जितबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२ का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१ का रुपनारायण अधिकारीसहित अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

चिया कृषकको समस्या

मेचीकाली : 2017-08-20 15:32:34

पाँचथर, ४ भदौ : सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि पाँचथरका चिया कृषक भने समस्यामा परेका छन् । राज्यले सहयोग नगर्दा आफूहरुले वर्षौंदेखि समस्या झेल्नु परेको उनीहरुको गुनासो छ । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न सके यसको ब्यापार फष्टाउने देखिएको नाम्फुयक चिया सहकारीका सचिव सुवास तुम्वापोले बताउनुभयो ।

पुरा पढ्नुहोस्

एकै गाउँमा साढे दुई करोडको गोलभेँडा उत्पादन

मेचीकाली : 2017-07-30 13:17:18

पाँचथर, १५ साउन : जिल्लाको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा रु साढे दुई करोडको गोलभेँडा उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३/०७४ मा रु दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो ।

पुरा पढ्नुहोस्

पाँचथर पूर्ण खोपयुक्त जिल्ला घोषणा

मेचीकाली : 2017-07-12 13:15:23

पाँचथर, २८ असार : पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना पूरा भएका जिल्लास्थित एक नगर र सात गाउँपालिकाका सबै बालबालिकालाई खोपको मात्रा पूरा गरेको भन्दै मङ्गलबार पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु