Sunday, 19 November 2017 07:54 pm, Nepal

लोपोन्मुख लेप्चा समुदायको माग : शिक्षा, स्वास्थ्य र रोजगारी

मेचीकाली : 2017-11-17 14:09:08

इलाम, १ मंसिर : इलामको पूर्वी क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख लेप्चा समुदायले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन् । ‘शिक्षा, स्वास्थ्य, रोजगारी हामी लेप्चा समुदायको माग हो,’ नयाँशक्ति नेपालका इलाम क्षेत्र नं १ प्रतिनिधिसभातर्फका उम्मेदवार मानवीर लेप्चाले भन्नुभयो, “आफ्नो पार्टीका तर्फबाट यी एजेण्डालाई प्राथमिकता दिनेछौँ ।”

पुरा पढ्नुहोस्

तराई झर्न डराउँछन् पहाडिया

मेचीकाली : 2017-10-29 13:03:45

इलाम, १२ : कात्तिक पछिल्लो समय झापालगायत तराईका जिल्लामा डेँगु रोगको संक्रमण बड्न थालेपछि पहाडका मानिस तराई झर्न डराउन थालेका छन् । रोगबाट संक्रमित हुने त्रासले इलामका बासिन्दा पूर्वी पहाडको मुख्य व्यापारिक तथा स्वास्थ्य उपचारको केन्द्र बनेको झापा बिर्तामोडमा जान डराउन थालेका तर महत्वपूर्ण काम परेमा मात्र तराई झर्न थालेका देउमाई नगरपालिकाका युवराज आचार्य बताउनुहुन्छ ।

पुरा पढ्नुहोस्

अदुवाको परिकारबाट मनग्य आम्दानी

मेचीकाली : 2017-10-28 16:27:50

इलाम, ११ कात्तिक : भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहनुभएको छ । इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

स्थानीय तहमा बैंक नहुँदा समस्या

मेचीकाली : 2017-10-09 14:50:17

इलाम, २३ असोज : यहाँका सात वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिका तथा नगरपालिकालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा अझै पनि बैंक स्थापना भएका छैनन् । यसबाट सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या भएको छ ।

पुरा पढ्नुहोस्

माओवादी केन्द्रबाट उम्मेदवार टुंगो

मेचीकाली : 2017-09-23 11:01:51

इलाम, ७ असोज : नेकपा (माओवादी केन्द्र) इलामले आगामी मंसिर महिनामा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगुको प्रमुख आतिथ्यतामा प्रदेशसभा र संघका लागि उम्मेदवार छनोट गरेको हो । बुधबारको बैठकले संघको प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट धीरेन शर्मा र क्षेत्र नंं २ बाट कान्छा लावतीलाई उम्मेदवार छनोट गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु