Saturday, 26 May 2018 12:08 pm, Nepal

भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

रासस: 2018-05-14 14:58:48

दमक, ३१ वैशाख : सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।

पुरा पढ्नुहोस्

बम विस्फोटको आरोपमा पक्राउ

मेचीकाली : 2018-05-13 15:49:28

झापा, ३० वैशाख  : झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

आमाछोरी नै थलिएपछि सहयोगको अपिल

मेचीकाली : 2018-05-10 16:57:56

झापा, २७ वैशाख : खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा मर्ने रहर कसलाई हुन्छ । तर रोगले थलिएपछि उपचार नपाएर धेरैले यही उमेरमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।उपचारकै क्रममा भएको जायजेथा सकिँदा आर्थिक सहयोगको अपिल गर्दै साविक राजगढ–५ निवासी ३२ वर्षीया झुमादेवी राजवंशीले आफू बाँच्न र १६ वर्षीया छोरीलाई बचाउन आग्रह गर्दै आउनु भएको हो ।

पुरा पढ्नुहोस्

दाताको भरमा २२ शिक्षकलाई तलब !

मेचीकाली : 2018-05-06 17:54:13

– सुरेन्द्र भण्डारी

सुरुङ्गा, २३ वैशाख : कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ ।कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो ।

पुरा पढ्नुहोस्

राजधानी माग्दै आन्दोलन नगर्नुस् : प्रधानमन्त्री ओली

मेचीकाली : 2018-05-02 18:44:01

झापा, १९ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले दमकबासीलाई प्रदेशको राजधानी माग गर्दै आन्दोलन गर्नेतर्फ नलाग्न आग्रह गर्नुभएको छ । आज दमकमा दोस्रो साना शहरी खानेपानी आयोजनाको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न शहरमा प्रदेश राजधानी माग गर्दै आन्दोलन भएकोतर्फ संकेत गर्दै दमकलाई भने त्यसतर्फ नलाग्न आग्रह गर्नुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु