Wednesday, 22 November 2017 06:39 pm, Nepal

चुनाव बारे बेखबर पाहान समूदाय

मेचीकाली : 2017-11-20 08:49:42

झापा, ४ मंसिर : झापाको मेचि नगरपालिका १५ का सन्तोस पाहानको उमेर ३९ वर्ष पुग्यो । उहाँ लेख पढ गर्न जान्नुहुन्न । चुनावबारे रिपोर्टिङ गर्ने क्रममा अल्पसंख्यक पाहान बस्तीमा पुग्दा यहाँका मानिस चुनावबारे बेखबर भेटिए । सन्तोसलाई प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति पनि थाहा छैन । त्यति मात्रै होर ? प्रलोभनमा परेर भोट दिने गरेको विगत समेत छ ।

पुरा पढ्नुहोस्

निर्वाचनपछि स्थिर र वामपन्थी सरकार – अध्यक्ष ओली

मेचीकाली : 2017-11-18 18:48:05

झापा, २ मंसिर :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गरेका छन् । आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उनले यस्तो दाबी गरेका हुन् । वामपन्थीको सरकार देश र जनताका लागि हो भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको धारणा व्यक्त गरे । जनताका आकांक्षा पूरा गर्न आफूहरु एक भएर अघि बढेको उनको भनाइ थियो ।

पुरा पढ्नुहोस्

माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

मेचीकाली : 2017-11-17 14:06:24

झापा, १ मंसिर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुरा पढ्नुहोस्

दिगो विकास र समृद्धि क्षेत्र नं १ को साझा एजेण्डा

मेचीकाली : 2017-11-17 14:03:06

काँकडभिट्टा, १ मंसिर : झापा क्षेत्र नं १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारले स्थायी शान्ति, दिगो विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् । संवाद समूह झापाको संयोजनमा आज धुलाबारीमा भएको उम्मेदवारसँगको छलफलमा उनीहरुले आफ्नो क्षेत्रसहित मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेर चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् ।

पुरा पढ्नुहोस्

दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार

मेचीकाली : 2017-11-13 16:57:06

झापा, २७ कात्तिक : “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।”

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु