Saturday, 26 May 2018 11:53 am, Nepal

ग्रामीण सडक अलपत्र, कारबाहीको चेतावनी

मेचीकाली : 2018-03-15 10:24:18

भोजपुर, १ चैत : ठेकेदार भागेपछि भोजपुरका ग्रामीण सडक अलपत्र अवस्थामा रहेका छन् । डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर—टक्सार—गुम्बा हँुदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र बनेको हो । सोही सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानीय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा आज बसेको सर्वपक्षीय बैठकले ठेकेदार सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने निर्णय गरेको छ ।

पुरा पढ्नुहोस्

बानियाँ दम्पत्तिले गरे १५ लाखको जग्गा विद्यालयलाई दान

मेचीकाली : 2018-02-28 10:26:22

भोजपुर, १६ फागुन : भोजपुरमा एक दम्पतीले ४३ रोपनी जग्गा विद्यालयलाई दान गरेका छन् । उनीहरुले १५ लाख मुल्य वरावरको जग्गा विद्यालयलाई दान गरेका हुन् । भोजपुरको रामप्रसादराई गाउँपालिका – १ पखुवा ओख्रेको कालिका माध्यमिक विद्यालयलाई स्थानीय डोलेन्द्र बानियाँ र उहाँका श्रीमती अम्बिका वानियाँले सो जग्गा प्रदान गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

बलात्कारको आरोपमा दिपककुमार पक्राउ

मेचीकाली : 2017-10-18 18:03:48

भोजपुर, १ कात्तिक : बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।     सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

पुरा पढ्नुहोस्

भोजपुर नपाको बजेट रु ४० करोड दस लाख

मेचीकाली : 2017-08-10 13:58:18

भोजपुर, २६ साउन : सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै भोजपुर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक स्तरोन्नति र वातावरणमैत्री विकासका लागि गुरुयोजनालगायतका विषयमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुधबार प्रथम नगरसभा सम्पन्न भएको हो ।

पुरा पढ्नुहोस्

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

मेचीकाली : 2017-07-29 14:33:46

भोजपुर, १४ साउन : मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ । भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल म¥याङडाँडाको पोखरीमा गत असार १२ गते मृत अवस्थामा फेला परेका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु