Tuesday, 20 February 2018 03:27 am, Nepal

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था गम्भीर

मेचीकाली : 2018-02-16 08:45:41

तेह्रथुम, ४ फागुन : तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

पुरा पढ्नुहोस्

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

मेचीकाली : 2018-01-28 15:16:35

तेह्रथुम, १४ माघ : जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ ।खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उहाँलाई असजिलो भएको हो ।

पुरा पढ्नुहोस्

चुनाव हारेपछि पनि फेरि गाउँमा

मेचीकाली : 2017-12-14 10:46:51

तेह्रथुम, २८ मंसिर : थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन् । त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ । तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतदातामाझ पुगेका छन् ।

पुरा पढ्नुहोस्

इतिहास जोगाउन र बनाउन चाहनेको प्रतिस्पर्धा

मेचीकाली : 2017-11-15 13:45:12

– प्रकाश धौलाकोटी

तेह्रथुम, २९ कात्तिक:  प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सरगर्मी निकै तातेको छ । जिल्लाबाट उम्मेदवारी दिएका विभिन्न नेता तथा कार्यकर्ता अहिले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बाँड्दै गाउँ–गाउँ र टोल टोलमा पुगिरहेका छन् ।जिल्लाबाट यसअघि चुनाव जितेकालाई आफ्नो आधार क्षेत्र जोगाउन र पराजित भएकाले नयाँ इतिहास रच्ने कार्यमा केन्द्रीत भएको देखिन्छन् ।

पुरा पढ्नुहोस्

चुनावी गतिविधिले आर्थिक कारोबारमा वृद्धि

मेचीकाली : 2017-11-11 08:38:29

तेह्रथुम, २५ कात्तिक : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ । गाउँ–गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ । उम्मेदवारहरु प्रचारप्रसारका लागि गाउँ पसेका छन् । उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउँदै लगेका छन् । चुनावी गतिविधिका कारण स्थानीय बजारमा व्यापारिक चहलपहलसमेत वृद्धि भएको छ । मानिसहरुको आवतजावत बढेपछि दैनिक कारोबारमासमेत वृद्धि भएको यहाँका व्यापारी बताउँछन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु