Thursday, 24 May 2018 10:11 am, Nepal

रासायनिक मलको कारोवारमा वृद्धि

मेचीकाली : 2018-05-18 12:52:19

विराटनगर, ४ जेठ : कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र मलको समस्या पूरा गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरद्वारा पूर्वाञ्चलमा शुरु गरिएको रासायनिक मलको कारोवार अत्यधिक रुपमा वृद्धि भएको छ । विगतमा आयोडिनयुक्त नून तथा चिनीको कारोवार गर्दै आएको साल्ट ट्रेडिङ रासायनिक मलको बिक्री वितरणमा सफल हुँदै गएको छ ।

पुरा पढ्नुहोस्

साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न विरुद्ध मुद्दा दर्ता

मेचीकाली : 2018-05-02 18:42:47

मोरङ, १९ वैशाख : साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको हो । अदालतका श्रेस्तेदार नवराज दुलालले अपहरण, कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा दर्ता गरिएको पुष्टि गर्नुभयो ।

पुरा पढ्नुहोस्

पचास–पचास प्रतिशतमा एकता हुने सहमति भएको छैन : नेता खनाल

मेचीकाली : 2018-04-14 19:26:59

बिराटनगर, १ बैशाख : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०÷५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने हो अरु बाँकी सबै सञ्चारमाध्यमको हल्लामात्र भएको प्रष्ट पारे ।

पुरा पढ्नुहोस्

आचार्यमाथि गोली प्रहार

रासस: 2018-04-08 13:16:09

विराटनगर, २५ चैत: बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

मदन भण्डारी संग्रहालय : ढुंगेसाँघुदेखि दासढुंगासम्म

मेचीकाली : 2018-03-31 11:26:11

– सुमन घिमिरे

उर्लाबारी, १७ चैत : तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो संग्रहालय आइतबारदेखि सर्वसाधरणका लागि खुला गरिनेछ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु