Happy tihar
Saturday, 21 October 2017 07:01 am, Nepal

दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन

मेचीकाली : 2017-09-11 13:40:40

सोलुखुम्बु, २६ भदौ :

सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखेको वडा नं ७ का अध्यक्ष रामसंघर्ष थुलुङले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

मेचीकाली : 2017-09-10 08:51:27

सोलुखुम्बु, २५ भदौ : सोलुखुम्बुमा रहेका  आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउनुहुन्छ । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता रहेको छ ।अहिले सदरमुकाम रहेको दूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजीसमेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् भने खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ ।

पुरा पढ्नुहोस्

भालु नियन्त्रणका लागि जनप्रतिनिधिलाई गुहार

मेचीकाली : 2017-08-26 13:11:44

सोलुखुम्ब, १० भदौ : लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ । यसबेला जिल्लाको विभिन्न वडा कार्यालयमा भालुलगायत जंगली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको चाङ लाग्न थालेको छ ।

पुरा पढ्नुहोस्

एक महिनापछि देखिन थाल्यो दिङ्बुचेमा धुवाँ

मेचीकाली : 2017-08-24 11:12:51

सोलुखुम्बु, ८ भदौ : साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । त्यस गाउँका कसैले पनि साउन महिनामा आगो बाल्दैनन् । आगो बाल्न नपाउने भएपछि भएका चौरी तथा जोक्पेसमेत लिएर सोही गाउँपालिकाको नाम्चे, खुम्जुङलगायतका विभिन्न वस्तीमा पुगेका स्थानीय फर्किएसँगै चहलपहल र धुवाँ देखिन थालेको हो ।

पुरा पढ्नुहोस्

दुर्गमका छवटा विद्यालयमा निःशुल्क पुस्तक प्रदान

मेचीकाली : 2017-08-19 13:25:52

सोलुखुम्बु, ३ भदौ : सोलुखुम्बुको दुर्गमका विद्यालयमा पुस्तकालय सञ्चालनमा आएपछि बालबालिकाको आकर्षण बढ्दै गएको छ । सरकारी पाठ्यपुस्तक मात्र पढ्दै आएका दुर्गमका सरकारी विद्यालयमा अतिरिक्त पुस्तक पढ्न पाउँदा विद्यार्थीमा पढ्ने बानीमा विकास हुन थालेको विद्यालयले बताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु