dashain
Thursday, 18 October 2018 05:06 pm, Nepal

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

मेचीकाली : 2018-09-26 12:54:41

सोलुखुम्बु १० असोज : सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो । असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् ।

पुरा पढ्नुहोस्

सदरमुकाम जाँदा सातुसामल बोक्नुपर्ने सोलुखुम्बु कोशीपारिका नागरिकको बाध्यता हट्यो

मेचीकाली : 2017-12-25 16:22:17

सोलुखुम्बु, १० पुस : सोलुखुम्बुको विकट क्षेत्र मानिने कोसीपारिदेखि राजधानी सिधा यातायात सञ्चालन भएपछि स्थानीय हर्षित भएका छन् । दूधकोशीका गाउँपालिका र सोताङ गाउँपालिकाको बीचमा पर्ने दूधकोशी खोलामा ह्युमपाइप राखेर सवारी आवतजावत गर्नसक्ने भएपछि कोशीपारिबाट राजधानीसँग सिधा यातायात सेवा सञ्चालनमा आएको हो ।

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा शान्तिपूर्ण रुपमा मतदान , तिंलामा कोही पनि मतदान गर्न गएनन्

मेचीकाली : 2017-11-26 10:48:20

सोलुखुम्बु, १० मंसिर : सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।जिल्लाको सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको छ ।

पुरा पढ्नुहोस्

दुर्गममा मतपेटिका ढुवानी गर्न हेलिकप्टर

मेचीकाली : 2017-11-21 13:20:41

सोलुखुम्बु, ५ कात्तिक : सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो ।

पुरा पढ्नुहोस्

दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन

मेचीकाली : 2017-09-11 13:40:40

सोलुखुम्बु, २६ भदौ :

सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । गाउँपालिकाको आइतबार सम्पन्न पहिलो गाउँसभाले दूधकौसिका नाम परिवर्तन गरी थुलुङ दूधकोशी राखेको वडा नं ७ का अध्यक्ष रामसंघर्ष थुलुङले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु