Sunday, 19 November 2017 08:00 pm, Nepal

खिजीदेम्बा गाँउपालिकाका ९० घर १ महिनादेखि अध्याँरोमा

मेचीकाली : 2017-11-08 17:35:41

ओखलढुगां, २२ कात्तिक : ओखलढुगांको खिजीदेम्बा गाँउपालिकामा बिद्युत गृहमा समस्या आएपछि त्यहाँका ९० घरका उपभोक्ता अध्यारोमा बस्न बाध्य भएका छन् । खिजीदेम्बाको वडा नं ६ मा रहेको फेदीखोला लघुजलबिद्युत परियोजनाको गृहमा मदरबोर्डमा समस्या आएपछि त्यहाँका स्थानीयले १ महिनादेखि अध्याँरोमा बस्न बाध्य भएका हँन् ।

पुरा पढ्नुहोस्

ओखलढुगांका रगनीमा खटिएका प्राविधिकले लाभग्राहीबाट पैसा उठाउँदै

मेचीकाली : 2017-08-02 08:52:10

ओखलढुंगा, १८ साउन : आवास पुणनिर्माणका लागि ओखलढुगांको खिजीदेम्बा गाउँपालिकाको रगनीमा खटिएका प्राबिधिकले लाभग्राहीहरुबाट पैसा असुल्ने गरेका छन् । रगनीमा खटिएका असिस्टेन्ट सब इन्जीनियर कृष्णबहादुर पहरीले सोमबारबाट पहिलो किस्ता र दोस्रो किस्ताको फारम सिफारिस गरेबापत रकम उठाइरहेको स्थानीय भुकम्पपिडित नारायण श्रेष्ठले बताउनुभयो ।

पुरा पढ्नुहोस्

अबरुद्द रहेको इको हाइड्रो पावर पुन संचालनमा

मेचीकाली : 2017-05-11 08:43:40

ओखलढुंगा, २८ वैशाख : ओखलढुगांमा बिगत दुई महिनादेखि अबरुद्ध रहेको इको हाइड्रो पावर फेरि संचालनमा आएको छ । जिल्लाको साबिक पोकली गाबिस वडा नं ९ मा रहेको महाबिर खोला इको हाइड्रो पावर पुन मर्मत गरी संचालनमा आएको हो । केही महिना अघि हाइड्रो पावरको पावर हाउसमा रहेको मेसिनमा खराबी आएपछि झण्डै २ महिना त्यहाँको बिद्युत सेवा अबरुद्ध बनेको थियो ।

पुरा पढ्नुहोस्

बोक्सी धपाउने भन्दै आगो खेलाउँदा झाँक्रीकै अनुहार जल्यो

मेचीकाली : 2017-04-04 14:52:27

सोलुखुम्बु, २२ चैत : बिरामीको उपचारमा झाँक्रीले बोक्सी धपाउने भन्दै आगो खेलाउँदा अनुहारमा आगो लागेर उनी गम्भीर घाइते भएका छन् । सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गएराति महाकुलुङ गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस भई ढलेका थिए ।

पुरा पढ्नुहोस्

विवाद बढेपछि बाँकी गाविसमा अनुदान वितरण शिविर स्थगित

मेचीकाली : 2016-12-09 08:53:09

ओखलढुंगा, २४ मङ्सिर : ओखलढुंगाका दुर्गम गाँउमा अनुदान वितरण गर्दा हेलिकप्टर प्रयोग गरिएको विषयमा विवाद बढेपछि अन्य गाविसमा अनुदान वितरण शिविर स्थगित भएको छ । बैंकका कर्मचारीहरुले विवाद टुंगो नलागेसम्म गाउँ नजाने अडान राखेपछि शिविर स्थगित भएको हो । गाउँमा शिविर शुरु हुन अघि नै लाभग्राहीबाट रकम संकलन गर्न थालिएको कारण समेत बैंकका कर्मचारी गाउँ जान नमानेका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु