Sunday, 19 November 2017 08:01 pm, Nepal

सडक पुनःमर्मत नहुँदा ज्यान जोखिममा

मेचीकाली : 2017-11-12 13:03:02

उदयपुर, २६ कात्तिक : सोह्र वर्षअघि निर्माण भई सञ्चालन हुँदै आएको सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी भएर घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अहिलेसम्म पनि पुनःमर्मत हुन सकेको छैन । लोकमार्ग खण्डमा सञ्चालन हुने अधिकांश सवारीका साधन उच्च जोखिममा पर्दै गएका छन् । सडक निर्माण भएको एक वर्षदेखि नै सडक भत्कन थाले पनि अहिले यतिका वर्ष भइसक्दासम्म यसको पुनःमर्मतसमेत नभएपछि अहिले यो मार्ग अति नै जोखिममा रहेको यातायात सञ्चालक तथा ट्राफिक प्रहरी बताउँछन् ।

पुरा पढ्नुहोस्

गाईघाट क्षेत्रको झण्डा पम्ल्पेट हटाइयो

मेचीकाली : 2017-11-07 16:36:17

उदयपुर, २१ कात्तिक : उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट क्षेत्रमा स्थानीय तहको निर्वाचनको समयमा विभिन्न स्थानमा गाडिएका झण्डा टाँसिएका पम्प्लेटलगायतका प्रचारप्रसारका सामग्री हटाइएको छ । प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तेजप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठसहितको नेतृत्वले गाईघाट बजार र सदरमुकाम बोक्से क्षेत्रमा सडक छेउमा गाडिएका ब्यानर, झण्डा, सडकका भित्तामा लेखिएका नारा र टाँसिएको पम्प्लेट हटाएको हो ।

पुरा पढ्नुहोस्

उदयपुर दुर्घटनामा मृत्यु भएका ९ जनाकै सनाखत

मेचीकाली : 2017-10-31 09:47:18

काठमाडौं, १४ कात्तिक : उदयपुरमा हिजो भएको जिप दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत भएको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा हिजोे दुर्घटना भएको थियो ।

पुरा पढ्नुहोस्

तीन महिनामा पचास करोडको सिमेन्ट बिक्री

मेचीकाली : 2017-10-26 14:54:08

उदयपुर, ९ कात्तिक :देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र रु ५० करोड मूल्यको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ । अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताउनुभयो ।

पुरा पढ्नुहोस्

दैनिक सात सय मेट्रिक टन सिमेन्ट उत्पादन

मेचीकाली : 2017-10-10 14:19:07

उदयपुर, २४ असोज : देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युत्भार कटौती भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको छ । उद्योग प्रशासनका अनुसार भदौको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म निरन्तर विद्युत्भार कटौती भएका कारण रु दुई करोडभन्दा बढी घाटा ब्यहोर्नु परेको भए पनि हाल विद्युत् वितरण तथा विद्युत्भार कटौतीमा सुधारका कारण सिमेन्ट उत्पादन बढेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु