dashain
Saturday, 20 October 2018 10:37 pm, Nepal

कृषि ज्ञान केन्द्र स्थापना

मेचीकाली : 2018-10-04 11:33:06

सप्तरी, १८ असोज :  कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा बुधबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको बुधबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्नुभयो ।

पुरा पढ्नुहोस्

दुर्गन्धित पानी पिउन बाध्य छन, बाढीपीडित

मेचीकाली : 2018-10-02 13:02:53

राजविराज, १६ असोज : सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् ।घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट वञ्चित भएको स्थानीयवासी आकाश यादवले बताउनुभयो ।

पुरा पढ्नुहोस्

खोलामा डुबेर बालिकाको मृत्यु

मेचीकाली : 2018-06-20 07:49:20

राजविराज, ६ असार : सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ । स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ती बालिका कसरी डुबिन् भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

शहीद परिवारलाई आयआर्जनका लागि गाई र भैँसी

रासस: 2018-06-06 09:46:05

राजविराज, २३ जेठ : प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो । आगामी आर्थिक वर्षमा एक÷एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क उपलब्ध गराउने घोषणा उहाँले गर्नुभयो ।

पुरा पढ्नुहोस्

भतिजाको हत्या गर्ने काका पक्राउ

मेचीकाली : 2018-05-22 10:52:37

राजविराज, ८ जेठ  : सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु