Sunday, 17 December 2017 08:18 am, Nepal

सिन्धुली १ मा एमालेका पहाडी, २ मा माओवादीका गजुरेल विजयी

मेचीकाली : 2017-12-10 11:07:25

सिन्धुली, २४ मंसिर : सिन्धुलीका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभातर्फ १ मा वाम गठबन्धन, नेकपा (एमाले)का गणेशकुमार पहाडी र २ मा (माओवादी केन्द्र)का गजुरेल विजयी हुनुभएको हो । नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाललाई १० हजार १४० मतान्तर पार्दै पहाडी विजयी हुनुभएको हो । यस्तै गजुरेल नेपाली काँग्रेसका नरेन्द्रजंग थापालाई १२ हजार ५२ मतले पछि पार्दै विजयी हुनुभएको हो ।पहाडीले ३२ हजार ५२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी दाहालले २२ हजार ३८९ मत प्राप्त गर्नुभएको छ । निर्वाचित पहाडी विसं २०७० को संविधानसभा निर्वाचनमा पनि सिन्धुली क्षेत्र नं १ बाट विजयी हुनुभएको थियो ।

पुरा पढ्नुहोस्

सिन्धुलीमा सडक कालोपत्रे र स्तरोन्नती गर्ने चुनावी एजेण्डा

मेचीकाली : 2017-11-22 13:32:32

सिन्धुलीमाडी, ६ मंसिर : सिन्धुलीमा प्रमुख राजनीतिक दलले सडक कालोपत्रे र विस्तार, विद्युत् सेवा, पर्यटन प्रवद्र्धन र ऐलानी जग्गामा घर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान रकम उपलब्ध गराउने चुनावी प्रतिबद्धता अगाडी सारेका छन् ।

पुरा पढ्नुहोस्

सिन्धुली साक्षर जिल्ला घोषणा

मेचीकाली : 2017-07-09 08:41:29

सिन्धुली, २५ असार : सिन्धुली जिल्लालाई ३६ औं साक्षर जिल्ला घोषणा गरिएको छ । सिन्धुली क्षेत्र नं २ का सांसद एवं कृषि तथा जलस्रोत विकास समितिका सभापति मोहन बरालले एक कार्यक्रमकाबीच सिन्धुलीलाई साक्षर जिल्ला घोषणा गर्नुभयो । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका कुल साक्षरता प्रतिशत ९९ सय दशमलव १३ प्रतिशत पुगेपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।

पुरा पढ्नुहोस्

दुरदर्शी नीति नहुँदा विपी राजमार्ग आसपास बस्नेलाई पिरलो

मेचीकाली : 2017-06-24 08:44:01

सिन्धुली, १० असार : विपी राजमार्गको सिन्धुलीमाडी बजार क्षेत्रमा झण्डै डेढ वर्षयता सडकसँग जोडिएका घर जग्गाको कारोबार भएको छैन । नगरपालिकाले राजमार्ग केन्द्रबाट ३१ मिटर दाँयाबाँया ठाउँ छोड्नु पर्ने बताएपछि यसअघिको प्रावधान अनुसार २१ मिटर छोडेर बनाईएका भौतिक संरचना समेत भत्काउनु पर्ने स्थिति देखिएको छ ।

पुरा पढ्नुहोस्

घुस लिएको अभियोगमा दुई कार्यकारी अधिकृत पक्राउ

मेचीकाली : 2017-06-06 14:24:27

सिन्धुली, २३ जेठ : घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु