Monday, 22 January 2018 08:14 pm, Nepal

न्यायो कपडा पाएपछि मुसहर बालबालिका दंग

मेचीकाली : 2018-01-04 08:58:05

सर्लाही, २० पुस : चिसोबाट प्रभावित सर्लाही चक्रघट्टाका ८० मुसहर बालबालिकालाई न्यानो कपडा बाडिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन २ नम्बर प्रदेश कमिटीले ती बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।अनेरास्ववियू २ नम्बर प्रदेश संयोजक आरती लामाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा चक्रघट्टा गाउपालिका ७ पटेर्वाका चिसो प्रभावित बालबालिकालाई जाडोमा लगाउने बाक्लो न्यानो सुईटर र ट्रयाक सुईट बाडिएको कार्यक्रम संचालक स्ववियूका राष्ट्रिय परिषद सदस्य सरोजवावु न्यौपानेले जानकारी दिनु भयो ।

पुरा पढ्नुहोस्

झोलुंगे पुल तर्ने सपना अधुरो

मेचीकाली : 2017-12-30 08:42:52

सर्लाही, १५ पुस : सामान्यतया झोलुंगे पुल बनाउन कति महिना लाग्ला ? ६ महिना १ वर्ष वा धेरैमा २ वर्ष । तर सर्लाहीको हरिवनमा भने ५ वर्ष विति सक्दा पनि झोलुंगे पुल निर्माण अधुरै भएको छ । हरिवन नगरपालिका २ अत्रौलीमा ५ वर्ष अघि निर्माण थालिएको झोलुंगे पुल अझै निर्माण सम्पन्न नहुँदा स्थानीय निराश भएका हुन ।

पुरा पढ्नुहोस्

पूर्व सहकर्मीबीचको रोचक त्रिपक्षीय प्रतिस्पर्धा

मेचीकाली : 2017-12-04 16:43:42

सर्लाही, १८ मंसिर : एक महिनाअघिसम्म एउटै पार्टीमा रही एउटै झण्डा बोकेर हिँड्ने तीन सहकर्मी अहिले छुट्टाछुट्टै पार्टीको झण्डा बोकेर चुनावी मैदानमा उत्रिएपछि सर्लाही क्षेत्र नं २ को निर्वाचन रोचक बनेको छ ।सोही क्षेत्रबाट राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवसँगै राजपाको महामन्त्री पद परित्याग गर्दै नेपाली काँग्रेसबाट जंगीलाल राय र राजपाको जिल्ला अध्यक्ष परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) बाट दिनेश राय यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

पुरा पढ्नुहोस्

विषादी सेवनबाट एक बालिकाको मृत्यु, ४ बालबबालिका सिकिस्त

मेचीकाली : 2017-11-04 11:21:24

सर्लाही, १८ कात्तिक : तरकारीमा छिट्ने विषादी सेवन गर्दा सर्लाहीको फूलपरासीमा शुक्रबार एक बालिकाको ज्यान गएको छ । अरु ४ जना बालबालिका सिकिस्त बिरामी परेका छन् । कौेडेना गाउँपालिका– २ फूलपरासी बस्ने राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

पुरा पढ्नुहोस्

लालबन्दी–१४ को मतपेटिका हेलिकप्टरबाट ल्याइयो

मेचीकाली : 2017-09-19 14:44:19

सर्लाही, ३ असोज : सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु