Happy tihar
Saturday, 21 October 2017 07:12 am, Nepal

वाचा पूरा नगरुञ्जेल फूलमाला ग्रहण नगर्ने

मेचीकाली : 2017-09-28 13:31:02

महोत्तरी, १२ असोज : नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने औरही नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गर्नुभएको छ । बुधबार महोत्तरीको गौशाला आउनुभएका तीसबर्षीय तथा अविवाहित रहनुभएका नवनिर्वाचित प्रमुख यादवले जनताले आफूलाई काम गर्नका लागि चुनेकाले अब औरहीवासीका लागि नयाँनौलो काम नगरिकन जनताको घरमा गएर फूलमाला र अबीर ग्रहण नगर्ने बताउनुभएको छ ।

पुरा पढ्नुहोस्

चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ

मेचीकाली : 2017-09-15 13:30:00

गौशाला, ३० भदौ : तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ ।पक्राउपर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताउनुभयो ।

पुरा पढ्नुहोस्

रोकिएन आचारसंहिता उल्लंघन

मेचीकाली : 2017-09-14 08:28:43

गौशाला, २९ भदौ : प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन । प्रचारप्रसार शुरु भएदेखि नै आचारसंहिता उल्लंघनमा उत्रेका यहाँका ठूला राष्ट्रिय पार्टीहरु, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपादेखि लिएर मधेशवादी दलहरु राजपा, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम सबैले अहिले आचारसंहिता उल्लंघनलाई चरम बिन्दुमा पु¥याएको देखिएको छ ।

पुरा पढ्नुहोस्

जलेश्वरमा प्रमुख दलको प्रतिबद्धताः नमूना सहरदेखि रिङरोडसम्म

मेचीकाली : 2017-09-13 14:07:53

गौशाला, २८ भदौ : स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै यस नगरपालिकाको कायापलट हुने देखिन्छ ।जलेश्वर नगरपालिकाबाट नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अशोककुमार साहले यस नगरलाई नमूना सहर बनाउने प्रतिबद्धता जनाउँदै आफूलाई भोट मागिरहेका छन् ।

पुरा पढ्नुहोस्

भैँसी बेचेर नगरप्रमुखमा उम्मेदवारी

मेचीकाली : 2017-09-09 14:54:27

महोत्तरी, २४ भदौ : महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन् । चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो चाहना र उमंग भएपछि ७७ हजारमा भैँसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु