Tuesday, 20 February 2018 03:30 am, Nepal

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

मेचीकाली : 2018-02-15 13:17:08

धनुषा, ३ फागुन : प्रदेश नम्बर २ को लागि नेकपा (एमाले)को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित हुनुभएको छ । प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि आज भएको मतदानमा मण्डल निर्वाचित हुनुभएको हो । दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सर्वसहमति हुन नसके पछि आज मतदानमार्फत संसदीय दलको नेता चयन गरिएको थियो ।

पुरा पढ्नुहोस्

प्रदेश नं २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित

मेचीकाली : 2018-02-14 16:14:26

जनकपुरधाम, २ फागुन : प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो । निर्धारित समयभन्दा ४५ मिनेट ढिलो शुरू भएको बैठकमा अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ र नेपालको संविधानको धारा १८२ को उपधारा (३) उपदफा (२) बमोजिम प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएको जनाउदै यादवलाई निर्विरोध घोषणा गर्नुभएको थियो ।

पुरा पढ्नुहोस्

राजपा र फोरमको संयुक्त बैठक जनकपुरमा

मेचीकाली : 2018-02-04 09:44:03

जनकपुर, २१ माघ : प्रदेश नं. २ मा सरकार बनाउने विषयमा राजपा र संघीय समाजवादी फोरमबीच छलफल हुँदैछ । हिजो सुरु भएको संयुक्त छलफल आज पनि चल्नेछ । पहिलो प्रदेशसभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको बैठक जनकपुरमा हिजो सुरु भएको हो ।

पुरा पढ्नुहोस्

धनुषामा सुमो दुर्घटना, ६ जनाको मृत्यु

मेचीकाली : 2018-01-27 08:48:27

अन्य चार जना घाइते

जनकपुर, १३ माघ : धनुषामा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आज बिहान काठमाण्डौबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्वरको सुमो धनुषाको गणेशमान चारनाथमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि पाँचथरका ३३ वर्षिय प्रनिता राइ, संखुवासभाका २९ वर्षिय नयाराज जीमि, विराटनरका ३७ वर्षिय शारदा रेग्मी दहालको मृत्यु भएको छ ।

पुरा पढ्नुहोस्

धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

मेचीकाली : 2017-12-03 13:08:16

धनुषा, १७ मंसिर : धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्र्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उत्रनुभएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु