Thursday, 18 January 2018 03:54 am, Nepal

तटबन्ध निर्माणले खुशी छन्, भोटेकोशी किनारका बासिन्दा

मेचीकाली : 2018-01-08 14:01:02

सिन्धुपाल्चोक, २४ पुस : भोटेकोशी नदीको दुवै किनारामा ठूलो तटबन्ध निर्माण शुरु भएपछि बाह्रबिसेका जनता खुशी भएका छन् । हरेक वर्षात्मा भोटेकोशी नदी पस्ने डरले सुत्न नपाउने गरेका बाह्रबिसे नगरपालिका–४ का जनता तटबन्ध निर्माणले खुशी भएका हुन् । भोटेकोशीको दुवै किनारामा पक्की घर निर्माण भएका छन् ।

पुरा पढ्नुहोस्

विद्यालय व्यवस्थापन समिति खारेज गर्ने निर्णय कार्यन्वयन नगर्न उच्च अदालतको आदेश

मेचीकाली : 2018-01-05 08:47:19

सिन्धुपाल्चोक, २१ पुस : स्थानीय शिक्षा ऐन जारी नगरी सुनकोशी गाउँपालिकाले सम्पुर्ण विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णय तत्काल कार्यन्वन नहुने भएको छ । उच्च अदालत पाटनले बिहिबार गाउँपालिकाको नाममा परमादेश जारी गर्दै पुस २६ गते सम्म निर्णय कार्यन्वन नगर्न, नगराउन आदेश दिएको हो । नयाँ संविधानले स्थानीय तहलाई ऐन कानुन बनाउने अधिकार दिएपनि सुनकोशी गाउँपालिकाले भने कुनै ऐन निर्माण नै नगरी विद्यालय व्यवस्थापन समिति विघटन गरेको थियो ।

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा सापकोटा र तामाङ विजयी

मेचीकाली : 2017-12-09 08:29:54

चौतारा, २३ मंसिर: प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नं १ मा नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले २९ हजार ७९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नं २ मा एमालेका शेरबहादुर तामाङ ३८ हजार ४०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा(प्रजातान्त्रिक)का पशुपतिशम्शेर जबराले ३० हजार ३६९ मत ल्याउनुभएको छ ।

पुरा पढ्नुहोस्

'मेरो क्षेत्रको विकासका लागि कृषि र पर्यटनको विकास गरी सम्बृद्ध पार्ने योजना छ'

मेचीकाली : 2017-11-20 18:31:44

-राजमोका उम्मेदवार राजन कुमार न्याैपाने

सिन्धुपाल्चोकमा आउँदै गरेको चुनावी माहोल ह्वात्तै तातिएको छ, उम्मेदवारहरु चुनावको अन्तिम प्रचार अभियानमा जुटेका छन् । जिल्लामा लोकतान्त्रिक र बाम गठवन्धन एक अर्काविरुद्ध चुनावी अभियानमा होमिएका बेला राष्ट्रिय जनमोर्चाका उम्मेदवारले त्यसलाई टक्कर दिइरहेका छन् । राजमोलाई नै सिन्धुबासीले किन भोट दिने त ? राजमोका एक उम्मेदवार राजनकुमार न्यौपानेसँगको कुराकानी 

पुरा पढ्नुहोस्

भाइटीकाका दिन बढी भाडा लिने सवारी कारबाहीमा

मेचीकाली : 2017-10-22 17:27:34

सिन्धुपाल्चोक, ५ कात्तिक : भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको छ । काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुर गुडेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा छ गुणा बढीसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले सो सवारी साधनलाई रोकी भाडा फिर्ता गराएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु