Happy tihar
Saturday, 21 October 2017 07:11 am, Nepal

काभ्रेमा एमालेलाई ४, माओवादीलाई २ सिट

मेचीकाली : 2017-10-20 17:07:47

काभ्रे, ३ कात्तिक : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच काभ्रेमा सिट बाँडफाँड टुंगिएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीच चुनावी गठवन्धन बनेअनुसारसिट बाँडफाँड भएको हो । २०४८ र २०५१ का आम निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लालाई बाम किल्ला बनाउन सफल भए पनि बाम दलहरु विचको टुटफुटका कारण २०५६ र त्यसपछिका निर्वाचनहरुमा लगातार बाम्पन्थीहरुले सबै निर्वाचन क्षेत्रमा पकड जमाउन सकेका थिएनन ।

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर पर्दैन : यादव

मेचीकाली : 2017-10-16 16:28:09

धुलिखेल, ३० असोज : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार भए पनि निर्वाचनलाई केही असर नपर्ने बताउनुभएको छ ।आज काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ का लागि ‘निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालीम कार्यक्रम’मा सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै उहाँले सरकार भनेको राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचनमा कुनै असर नपर्ने बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

पत्रकार बिष्णु चौलागाईं एमाले प्रवेश

मेचीकाली : 2017-10-11 10:34:08

काभ्रे, २५ असोज : नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य एवं पुर्व प्रचार विभाग प्रमुख बिष्णुप्रसाद चौलागाईं नेकपा एमाले प्रवेश गरेका छन् । काभ्रेबाट प्रकाशित हुँदै आएको काभ्रेपोष्ट साप्ताहिकका प्रधानसम्पादकसमेत रहेका चौलागाईं आज एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् । चौलागाईं कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन काभ्रेका संस्थापक अध्यक्ष समेत हुन् ।

पुरा पढ्नुहोस्

घुससहित पक्राउ परे जिल्ला अदालत काभ्रेका सुब्बा

मेचीकाली : 2017-10-09 14:47:35

काभ्रे, २३ असोज : सवारी अंगभंग मुद्दा मिलाई दिन्छु भन्दै घुस खाने नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सवारी अंगभंग मुद्दा मिलाई दिन्छु भन्दै एक लाख २५ हजार घुस खाने जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्रीलाई अख्तियारको टोलीले आज धुलिखेल बसपार्कबाट पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

यी हुन् एमाले काभ्रेबाट उम्मेदवारीका लागि सिफारिसमा परेकाहरु

मेचीकाली : 2017-10-06 18:12:05

प्रतिनिधिसभाका लागि २ नंवरमा बास्कोटा सर्वसम्मत

काभ्रे, २० असोज : नेकपा एमाले काभ्रेका क्षेत्रीय तहबाट आगामी मसिंर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सबै क्षेत्रमा उम्मेदवारहरु सिफारिस भएको छ । आजसम्म भएका सिफारिसहरुलाई भोली बस्ने जिल्ला कमिटीले अन्तिम रुप दिएर प्रदेश कमिटीमा पठाउने छ । एमाले काभ्रेले प्रतिनिधि सभा क्षेत्र २ का लागि एमाले काभ्रेका पुर्व अध्यक्ष, केन्द्रिय स्कुल विभाग सदस्य, राजनीतिक विश्लेषक गोकुल बास्कोटाको नाम सर्वसम्वत सिफारिस गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु