Monday, 22 January 2018 08:16 pm, Nepal

फागुनमा धुलिखेल महोत्सव हुने

मेचीकाली : 2018-01-19 14:45:45

काभ्रे, ५ माघ : आउँदो फागुन ३ गते विहिबार देखि १० गते सम्म धुलिखेल महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिका, धुलिखेल उद्योग बाणिज्य संघ, धुलिखेलमा रहेका विभिन्न सामाजिक संघ संस्था, राजनीतिक दल र जनप्रतिनिधिहरुको उपस्थितीमा भएको छलफलमा उक्त निर्णय भएको हो ।

पुरा पढ्नुहोस्

घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने

मेचीकाली : 2018-01-13 13:28:45

काभ्रे, २८ पुस (रासस) : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन नसक्नेलाई आफैँले घर बनाइदिने गृह कार्यमा जुटेको छ । विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला र परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकालाई प्राधिकरणले घर बनाइदिने गृहकार्यमा जुटेको हो ।

पुरा पढ्नुहोस्

‘काभ्रे प्रादेशिक राजधानी बन्न सक्छ’

मेचीकाली : 2018-01-08 14:02:29

– युवराज पाण्डे

बनेपा, २४ पुस : प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक बन्नसक्ने सम्भावना यथावत छ ।सरकारले अस्थायी राजधानी नतोेकेका कारण र ३ नं प्रदेशको राजधानीका लागि अधिकांश जिल्लालाई पायक पर्ने स्थान काभ्रेपलाञ्चोक नै भएका कारण पनि प्रादेशिक राजधानीको सम्भावना देखिएको हो । यस जिल्लालाई राजधानी बनाउने विषयमा प्रमुख राजनीतिक दलहरुबीच पनि मतैक्यता देखिएको छ । नागरिक समाज र राजनीतिक दलहरुले केही दिन अघि बनेपामा प्रदर्शन गर्दै प्रादेशिक राजधानी काभ्रेपलाञ्चोकलाई बनाउन माग गरेका हुन् ।

पुरा पढ्नुहोस्

प्रदेश राजधानी माग्दै बनेपामा प्रदर्शन

मेचीकाली : 2018-01-06 16:38:47

काभ्रे, २२ पुस : सरकारले प्रदेश स्तरको अस्थायी राजधानी घोषणा गर्न नसकिरहेका बेला उपत्यकासँग जोडिएको काभ्रेलाई राजधानी बनाउन माग गर्दै आज बनेपामा प्रदर्शन गरिएको छ । सरकारलाई दबाब दिने उदेश्यले काभ्रे उद्योगा बाणिज्य संघ लगायतका २० भन्दा धेरै संघ संस्था, राजनीतिक दल, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुको उपस्थितीमा बनेपाको चोकबाट दबाबमुलक प्रदर्शन गरिएको हो ।

पुरा पढ्नुहोस्

सर्वसाधारणलाई जोखिममा पार्दै सञ्चालनमा रहेका काभ्रेका तीनवटा ग्यास उद्योग वन्द गर्न निर्देशन

मेचीकाली : 2018-01-05 16:28:09

काभ्रे, २१ पुस : मापदण्डविपरित सर्वसाधारणको ज्यान जोखिममा पार्दै सञ्चालनमा रहेका काभ्रेका तीनवटा ग्यास उद्योग वन्द गर्न निर्देशन दिइएको छ । आज अनुगमन गरेपछि नेपाल नापतौल तथा गुणस्तर विभागले सगरमाथा ग्यास उद्योग, सुर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योग वन्द गर्न निर्देशन दिएको हो । तीनवटै उद्योग बनेपा नगरपालिका १० मा सञ्चालनमा रहेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु