Tuesday, 19 June 2018 12:37 am, Nepal

डुबेर दुई विद्यार्थीको मृत्यु

मेचीकाली : 2018-04-04 10:34:56

धादिङ, २१ चैत : गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकप्टरबाट काठमाडाँै लाँदै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताउनुभयो ।

पुरा पढ्नुहोस्

त्रिशुली नदीमा जीप खस्दा सिंचाई मन्त्रालयका सचिव सहित तीन जना बेपत्ता

मेचीकाली : 2018-02-10 08:44:14

धादिङ, २७ माघ : धादिङको बेनीघाटरोलाङबाट सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव सवार जिप त्रिशुली नदीमा खस्दा यादव सहित तीन जना वेपत्ता भएका छन् । बेनीघाटरोलाङ गाउँपालिका वडा नम्वर ३ को सलाङघाटबाट बा २ झ ३१४० जीप खस्दा सचिव यादव सहित तीन जना बेपत्ता भएका हुन् ।

पुरा पढ्नुहोस्

विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

मेचीकाली : 2017-12-01 14:19:32

धादिङ, १५ मंसिर : काँकडभिट्टाबाट काठमाडाँै आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ । धुनीबँेसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना७ख ४९७६ नं को बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मेचीकाली : 2017-11-27 12:56:37

धादिङ, ११ मंसिर : उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो ।

पुरा पढ्नुहोस्

बस दुर्घटनामा १९ जनाको मृत्यु

मेचीकाली : 2017-10-28 12:45:52

धादिङ, ११ कात्तिक : राजविराजबाट काठमाडाँै आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ । मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या सात रहेको र तीमध्ये दुई जनाको सनाखत भएको छ । मृतक सप्तरी जिल्ला निवासी ६ वर्षीय आदित्य यादव र भारत मधुवनीको ममतादेवी ठाकुर रहेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु