Saturday, 26 May 2018 12:08 pm, Nepal

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिदै

मेचीकाली : 2018-05-23 08:45:58

काठमाडौं, ९ जेठ :  राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिदैंछ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि आज साँझ भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिने उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा आजदेखि सुरु

मेचीकाली : 2018-05-23 08:45:02

काठमाडौं, ९ जेठ : विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा आजदेखि हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । महासभाको उद्घाटन राष्ट्रिय सभागृहमा  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ भने उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नु हुनेछ ।

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता

मेचीकाली : 2018-05-23 08:43:50

राष्ट्रपतिले संसदको अपमान गरेको आरोप

काठमाडौं, ९ जेठ : सरकारले ल्याएको नीति तथा कार्यक्रममा तीन पार्टीले ६ वटा संशोधन दर्ता गरेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसका १७ जना सांसदले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्या भण्डारीले सम्वोधनमा प्रतिनिधी सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरेको भन्दै प्रतिनिधी सभामा संशोधन दर्ता गराएका हुन् ।

पुरा पढ्नुहोस्

अन्तत: पक्राउ परे सुन तस्करीका नाइके गोरे

मेचीकाली : 2018-05-22 16:12:49

आजै मोरङ अदालतमा पेश

काठमाडौँ, ८ जेठ : साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस्

यी हुन् नेकपाका ४४१ केन्द्रीय सदस्य

मेचीकाली : 2018-05-22 16:10:19

काठमाडौँ, ८ जेठ : नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको हो । महासचिव पौडेलका अनुसार स्थायी आमन्त्रित सदस्यमा अमिक शेरचन, . अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी हुनुहुन्छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु