Sunday, 19 November 2017 07:54 pm, Nepal

ड्युटीमा बसेका हवल्दारको मृत्यु

मेचीकाली : 2017-11-03 13:20:49

भक्तपुर, १७ कात्तिक : भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ । कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

अब म चुनाव लड्दिन : बिजुक्छे

मेचीकाली : 2017-11-03 13:20:08

– रमेश गिरी

भक्तपुर, १७ कात्तिक : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताउनुभएको छ । आज भक्तपुरमा रासससँग कुराकानी गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

नेवार समुदायको मौलिक पर्व म्हःपूजा

मेचीकाली : 2017-10-20 07:52:53

भक्तपुर, ३ कात्तिक : कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन् ।

पुरा पढ्नुहोस्

निर्वाचनलाई सबै मिलेर सफल पारौँ: सञ्चारमन्त्री बस्नेत

मेचीकाली : 2017-10-18 18:07:21

भक्तपुर, १ कात्तिक : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई सबै मिलेर सफल पार्नुपर्ने बताउनु भएको हो । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज आयोजना गरेको स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने – “स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ, देशमा पूर्ण रूपमा संविधान कार्यान्वयनका लागि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु जरुरी छ, त्यसैले देशको महत्वपूर्ण दोस्रो चाड एवं पर्वको रूपमा निर्वाचन सम्पन्न गर्न सबै लाग्नुपर्छ ।”

पुरा पढ्नुहोस्

रेडक्रसले नयाँ सांगठनिक संरचना बनाउने

मेचीकाली : 2017-10-14 12:42:29

नगरकोट, २७ असोज : नेपालको नयाँ संरचनानुसार रेडक्रसको विधानलाई परिमार्जन गर्ने र नयाँ मानवीय चुनौतीलाई आत्मसात् गर्दै मानवीय गतिविधिलाई अझ प्रभावकारी बनाउने निर्णय नेपाल रेडक्रस सोसाइटीले गरेको छ ।सोसाइटीको बिहीबार नगरकोटमा सम्पन्न दुईदिने वार्षिक समीक्षा बैठकले स्थानीय तहसँगको सहकार्य बढाउन कानूनी र नीतिगत आधार तथा सामुदायिक सहभागिता बढोत्तरी गर्न आधार तयार गर्ने निर्णय गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु