Saturday, 26 May 2018 12:05 pm, Nepal

बासनादार धानको अध्ययन गर्दै नार्क

मेचीकाली : 2018-05-24 14:00:28

ललितपुर, १० जेठ : नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ । नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन ।

पुरा पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको यात्राका विषयमा आज विचारपूजा

मेचीकाली : 2018-05-16 08:44:29

ललितपुर, २ जेठ : रातो मच्छिन्द्रनाथको यात्राका विषयमा आज ललिपुरको बुङ्मतीमा विचार पूजा गरिँदै छ । के कसो भयो भनेर जान्न पूजा गर्न लागिएको हो । वैशाख ३० गते जावलाखेलमा भोटोजात्रा सम्पन्न गरिएपछि नाथलाई तामदानीमा राखेर जावलाखेलबाट बुङ्मति लगिएको थियो ।

पुरा पढ्नुहोस्

काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा

मेचीकाली : 2018-03-30 13:58:40

ललितपुर, १६ चैत : काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् । झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

महानगरका भित्री भागमा आगलागीको जोखिम

मेचीकाली : 2018-03-07 11:12:52

ललितपुर, २३ फागुन : ललितपुर महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा रहेका छन् । नगरका भित्रि भागमा दमकल जानसक्ने बाटो नभएकाले आगलागीको जोखिममा रहेका हुन् । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दमकल लगेर त्यहाँबाट उता पाइप तानेर लानुपर्ने नगरप्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो ।

पुरा पढ्नुहोस्

बिग्रिए महानगरका सडक बत्ती

मेचीकाली : 2018-02-20 13:36:30

ललितपुर, ८ फागुन : ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा आएकामध्ये झण्डै ८० प्रतिशतको चिम बिग्रिसकेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु