Monday, 18 December 2017 03:25 am, Nepal

इँटा खसेर एकको मृत्यु, ८ घाइते

मेचीकाली : 2017-12-13 10:52:15

चितवन, २७ मंसिर : चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर रोल्पा घर भएका ४० वर्षीया संगीता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पुरा पढ्नुहोस्

जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए ः अध्यक्ष दाहाल

मेचीकाली : 2017-12-11 13:27:23

चितवन, २५ मंसिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताउनुभयो । उहाँले अब देश समृद्धितर्फ अघि बढेको बताउनुभयो । वाम सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने अध्यक्ष दाहालको भनाइ थियो । उहाँले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

आजदेखि इतिहासको अर्काे अध्यायको शुरुवात : अध्यक्ष दाहाल

मेचीकाली : 2017-12-07 11:33:33

चितवन, २१ मंसिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्काे अध्यायको शुरुवात भएको बताउनुभएको छ । जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

मौन अबधीमा आचारसंहिता नमान्दा चितवनमा राप्रपा नेता पक्राउ

मेचीकाली : 2017-12-06 10:58:42

गैडाकोट, २० मंसिर : मौन अवधीमा निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै राप्रपा संस्थापनका जिल्ला नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर ११ वरपिपल चोकमा राप्रपा संस्थापनका सिताराम छतकुलीको घरमा करिव २५ ÷३० जनाको महिला भेला गरेको सुचना को आधारमा प्रहरी त्यहां पुगेको अस्थाई प्रहरी चौकी भोजाडका इन्चार्ज उपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक : पूर्वअर्थमन्त्री पाण्डे

मेचीकाली : 2017-12-01 08:19:44

चितवन, १५मंसिर : पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक भएको दाबी गर्नुभएको छ । चितवन क्षेत्र नं १ अन्तर्गत स्थानीय खैरहनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वाम शक्तिको सरकारले मात्रै देश विकास गर्न सक्नेमा जोड दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु