Tuesday, 19 June 2018 12:26 am, Nepal

मुग्लिन सडकमा दुर्घटना रोक्न ‘राडार गन’ प्रयोग

मेचीकाली : 2018-06-18 13:05:47

चितवन, ४ असार : चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

मेचीकाली : 2018-06-10 10:27:54

चितवन, २७ जेठ : बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

चैतेधानमा रोग फैलने क्रम रोकिएन, तीनथरिको रोग भेटियो

मेचीकाली : 2018-06-02 16:18:29

चितवन, १९ जेठ : चितवनको खैरहनी नगरपालिका वडा नं १२ र १३ मा किसानले लगाएको चैतेधानमा तीनथरीको रोग फेला परेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले स्थलगत रुपमा अध्ययन गर्दा तीन थरीको रोगले यहाँ लगाएको झण्डै १५० हेक्टर क्षेत्रफलको धानखेती प्रभावित भएको पाइएको हो ।

पुरा पढ्नुहोस्

मौरीपालनका लागि मौरी र घार वितरण

मेचीकाली : 2018-05-28 13:25:53

चितवन, १४ जेठ : मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ । राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको ११५ घार र १५० खाली घार वितरण गरेको हो ।

पुरा पढ्नुहोस्

चितवनमा थप दुई ठाउँमा बर्डफ्फू

मेचीकाली : 2018-05-25 08:59:00

चितवन, ११ जेठ : जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु