Saturday, 26 May 2018 11:54 am, Nepal

चट्याङबाट तीन जनाको मृत्यु

मेचीकाली : 2018-05-07 08:32:58

हेटौँडा, २४ वैशाख  : मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटाँैडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुरा पढ्नुहोस्

प्रदेश नम्बर ३ ले आय र व्ययको अनुमान प्रस्तुत गर्ने

मेचीकाली : 2018-04-26 10:28:32

हेटौंडा, १३ वैशाख  : प्रदेश ३ ले आज आफ्नो बजेट ल्याउने भएको छ । आज बस्ने प्रदेश सभा बैठकमा चालु आर्थिक बर्ष २०७४/०७५ को बाँकी अवधीको लागि ‘आय र व्ययको अनुमान’ प्रस्तुत हुने भएको हो । संघीय सरकारले प्रदेश ३ को लागि पठाएको १ अर्ब २ करोड ५ लाख समानिकरण अनुदानको आधारमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ‘आय र व्ययको अनुमान’ प्रस्तुत गर्न लाग्नुभएको हो ।

पुरा पढ्नुहोस्

प्रदेश नम्बर ३ को राजधानी नसार्न काग्रेस सभापति देउवाको आग्रह

मेचीकाली : 2018-04-17 19:04:22

हेटौंडा, ४ वैशाख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश राजधानी हेटौँडाबाट अन्यत्र नसार्न आग्रह गर्नुभएको छ । आज विहान प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँगको भेटमा सभापति देउवाले  कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न आग्रह गर्नुभयो ।  

पुरा पढ्नुहोस्

दुई विधेयक पारित

मेचीकाली : 2018-03-31 11:24:06

हेटौँडा, १७ चैत : प्रदेश नं ३ को संसद् बैठकमा सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक र आर्थिक कार्यविधि नियमित गर्न बनाइएको विधेयक संशोधनसहित सर्वसम्मत पारित भएको छ ।शुक्रबार साँझ प्रदेश सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको संसद् बैठकमा दुई विधेयक चार संशोधनसहितका प्रस्तावमाथि छलफल भएर पारित भएको हो ।

पुरा पढ्नुहोस्

प्रदेश ३ समितिका सभापतिको शपथ

मेचीकाली : 2018-03-30 08:19:27

हेटौँडा, १६ चैत : प्रदेशसभा नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाअन्तर्गत रहने विभिन्न पाँच समितिमा निर्विरोध निर्वाचित हुनुभएका सभापतिलाई बिहीबार आफ्नो कार्यकक्षमा पद र गोपिनियताको शपथ ग्रहण गराउनुभएको छ ।शपथ ग्रहण गर्नुहुने प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल (ललितपुर), अर्थ तथा विकास समितिको सभापतिमा सरेश नेपाल (सिन्धुपाल्चोक), सार्वजनिक लेखा समितिको सभापतिमा न्हुछेनारायण श्रेष्ठ (काठमाडौँ), शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल (चितवन) र उद्योग, पर्यटन, वातावरण समितिको सभापतिमा रमा आलेमगर (काठमाडौँ) हुनुहुन्छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु