Friday, 22 June 2018 07:08 am, Nepal

खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई रु २५० पुरस्कार

मेचीकाली : 2018-06-12 13:10:06

वीरगञ्ज, २९ जेठ:  छिपहर माई गाउँपालिका वडा नं ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई रु २५० पुरस्कार दिने घोषणा गरेको छ । सो आचारसंहिताको बुँदा नं ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा रु ५०० जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो जरिवानाबाट रु २५० पुरस्कार दिने उल्लेख हो ।

पुरा पढ्नुहोस्

थप दाइजो माग्ने केटाका बाबु प्रहरी हिरासतमा

मेचीकाली : 2018-04-25 14:30:38

पर्सा, १२ वैशाख : दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ ।पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

गोली प्रहारबाट एक युवक गम्भीर घाइते

मेचीकाली : 2018-03-01 08:25:27

पर्सा, १७ फागुन : अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले प्रहार गरेको गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् ।

पुरा पढ्नुहोस्

सेनाद्वारा दाउरा वितरण

मेचीकाली : 2017-12-29 13:42:05

वीरगञ्ज, १४ पुस : कठयांग्रिने जाडो र शीतलहरका कारण बढ्दै गएको जाडो छल्न सर्वसाधारणका लागि नेपाली सेनाका चण्डीप्रसाद गणले वीरगञ्जको विभिन्न ठाउँमा दाउरा वितरण गरी आगोको व्यवस्था मिलाएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोगमा वीरगञ्जका घण्टाघर, बसपार्क, भन्सार क्षेत्र इनर्वालगायतका ठाउँमा दाउरा वितरण गरी आगोको व्यवस्था गरेको चण्डीप्रसाद गण वीरगञ्जले जनाएको छ ।

पुरा पढ्नुहोस्

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

मेचीकाली : 2017-12-22 09:54:17

काठमाडौँ, ७ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ । पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु