Friday, 18 August 2017 12:35 pm, Nepal

काठ तस्करीमा भारतीय गाडीको प्रयोग

मेचीकाली : 2017-08-11 10:15:23

रौतहट, २७ साउन : रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ । बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन छाडेर भागेका छन् । भारतीय युपी ४१ एटी ३८१२ र नेपाली ना ३ च ६१५० नम्बरको प्लेट रहेको पिकअप भ्यान छाडेर भागेका हुन् ।

पुरा पढ्नुहोस्

तरकारी ढुवानीका लागि पाँच ओटा समूहले पाए अनुदानमा लाखौंको ट्रक र ट्याक्टर

मेचीकाली : 2017-07-15 09:48:04

रौतहट, ३१ असार : रौतहटको पाँच वटा कृषक समूह आज लाखौंको अनुदान सहयोग पाएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ कार्यक्रममार्फत पाँच मध्ये एउटा समूह एउटा मिनि ट्रक र चार ओटा समूह एक एक ट्रेक्टर अनुदानमा पाएका छन् ।

पुरा पढ्नुहोस्

उखुुबालीमा बोरर किराको प्रकोपले रौतहटका किसान चिन्तित

मेचीकाली : 2017-07-01 08:40:26

रौतहट, १७ असार : रौतहट जिल्लामा नगदे बालीकोरुपमा रहेको उँखुुबालीमा पछिलो केही समय देखी बोरर रोगको बढदो प्रकोप बाट किशानहरु कठिनाईमा परेका छन । बैशाखको दोस्रो साता सम्म किशानहरुले लगाएको उँखुुबालीमा रौतहटको प्राय सबै क्षेत्रमा बोरर किराको प्रकोप देखिएको पिडितहरुले बताएका छन ।

पुरा पढ्नुहोस्

रमजान पर्वको बीच चुनाव परेपछि मुस्लिम समुदाय असन्तुष्ट

मेचीकाली : 2017-04-25 11:34:46

रौतहट, १२ वैशाख : मुस्लिम समुदायको एक महिनासम्म चल्ने पवित्र रमजान पर्वको बीचमै स्थानीय तहको दोश्रो चरणको निर्वाचन घोषणा भएपछि रौतहटका मुस्लिम समुदाय केहि असन्तुष्ट देखिएका छन । रमजानको अवधिमा स्थानीय तह निर्वाचनको सम्पूर्ण कार्यक्रम पर्न गएकोमा मुस्लिम समुदायमा उत्साहभन्दा बढी उदासिनता देखिएको मुस्लिम अगुवाहरुको भनाइ रहेको छ ।

पुरा पढ्नुहोस्

रौतहटमा मौरी पालन गर्नेहरु बढ्दै

मेचीकाली : 2016-09-22 08:55:51

रौतहट, ६ असोज : पछिल्लो समय जिल्लामा मौरी पालन गर्ने किसानको संख्या बढ्दै जान थालेको छ । जिल्ला कृषि विकास कार्यलय रौतहटको मौरी पालन सम्बन्धी कार्यक्रम अन्तरगत किसानहरु लाइ  ५० प्रतिशत अनुदानमा  घार उपलब्ध गराएकाले पनि किसानहरु व्यवसायिक मौरी पालन तर्फ आकर्षित भई रहेका छन ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु