Happy tihar
Saturday, 21 October 2017 07:00 am, Nepal

मनाङमा सडकको हिउँ फाल्न सेना र प्रहरी

मेचीकाली : 2017-03-14 08:33:10

बेसीसहर, १ चैत : हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।जिल्ला सूरक्षा समितिको बैठक बसी जिल्लामा यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो ।

पुरा पढ्नुहोस्

मनाङको गोवा लघु जलविद्युत् आयोजना पुनःनिर्माण

मेचीकाली : 2016-12-27 17:25:16

मनाङ, १२ पुस : भूकम्पबाट क्षतिग्रस्त यहाँको एक लघु जलविद्युत् आयोजना पुनःनिर्माण गरिएको छ । विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएको ३० किलोवाट क्षमताको गोवा खोला जलविद्युत् आयोजना डेढ वर्षपछि पुनःनिर्माण गरिएको हो ।दश वर्षअघि निर्माण गरिएको सो आयोजना भूकम्पमा परी क्षतविक्षत भएको थियो । तिल्चे गाउँका झन्डै ८० र गोवा गाउँका १० घरधुरीलाई लक्षित गरी निर्माण गरिएको सो आयोजना निर्माण गरिएको थियो ।

पुरा पढ्नुहोस्

संविधान बुझाउन लागिपरे हिमालपारिका प्रमुख दल

मेचीकाली : 2015-12-24 16:29:50

मनाङ, ९ पुस : नेपालको नयाँ संविधान र त्यसका विशेषताबारे बुझाउन हिमालपारिको जिल्ला मनाङका प्रमुख दल क्रियाशील हुन थालेका छन् । ‘जनताको संविधान जनताकै माझमा’ विषयक कार्यक्रमको आयोजना गरी मनाङका प्रमुख दल संविधान बुझाउन क्रियाशील हुन थालेका हुन् ।

पुरा पढ्नुहोस्

मनाङको हिमाल चढ्ने क्रममा सोलुखुम्बुका दुईसहित तीनको मृत्यु

रासस: 2013-09-30 10:37:48

मनाङ, १४ असोज : गुदेल–४ सोलुखुम्बु निवासी तेन्डी शेर्पा र पावै जुके निवासी पासाङ शेर्पाको मनाङ जिल्लाको हिम्लुङ एक्सपिडिसनका क्रममा हिउँपहिरोमा परी ज्यान गएको छ । हिम्लुङ हिमाल आरोहणका क्रममा शेर्पाद्वयका साथमा खिजिफलाटे ओखलढुङ्गा निवासी काजी शेर्पाको समेत मृत्यु भएको गुदेल शेर्पा किदुकका सचिव दातेन्जी शेर्पाले जानकारी दिनुभयो । 


पुरा पढ्नुहोस्

संघियताको मुद्धा छोडन नहुने प्रधानमन्त्रीको भनाइ

मेचीकाली : 2013-03-07 17:34:44

मनाङ, २४ फागुन : प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालका आदिवासी जनजातिहरुले जातीय पहिचानसहितको संघियताको मुद्दा कुनै हालतमा छोडन नहुने वताउनु भएको छ । मनाड्ड जिल्ला परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले अग्रगामी परिवर्तनका विरोधीहरुनैे संविधानसभाको विघटन र दोस्रो संविधान सभाको निर्वाचन हुन नदिने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु