Saturday, 26 May 2018 06:23 am, Nepal

छ वर्षपछि प्रतिवेदनअनुरुप फेवातालको अतिक्रमण रोकिँदै

मेचीकाली : 2018-04-30 15:44:57

वासुदेव पौडेल पोखरा, १७ वैशाख (रासस) : सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै यही क्रमले फेवाताल खुम्चँदै जाने र संरक्षण नहुने हो भने ७५ देखि एक सय वर्षभित्रमा यसको अस्तित्व नरहने उल्लेख गरेको थियो ।

पुरा पढ्नुहोस्

आलु महोत्सवमा ८० लाखको कारोवार

मेचीकाली : 2018-04-12 13:20:42

पोखरा, २९ चैत : कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ । महोत्सवको ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारको स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकन्छि ।

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौजना पक्राउ

मेचीकाली : 2018-03-19 13:37:36

पोखरा, ५ चैत : सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्पmत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस्

समृद्विको पहलमा क्रियाशील बन्दै स्थानीय तह

मेचीकाली : 2018-02-25 14:23:00

–वासुदेव पौडेल

पोखरा, १३ फागुन : स्थानीय तह र जनप्रतिनिधिले यतिखेर चुनावी अभियानमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न विकासका कार्यक्रमसहित आफूलाई क्रियाशील बनाएका छन् ।अत्यन्त सीमित साधनस्रोत भए पनि निर्वाचित भएको १० महिना पुग्दै गर्दा गाउँ र समाजका न्यूनतम आवश्यकता परिपूर्ति गराउन यतिखेर जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ ।

पुरा पढ्नुहोस्

प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड

मेचीकाली : 2018-02-11 16:35:49

पोखरा, २८ माघ : प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित सुविधासम्पन्न भवन आज उद्घाटन गरिएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करीव रु चार करोड ४८ लाखको लागतमा बनेको सो तीनतले पक्की भवनमा ३० कोठा छन् । पार्दीस्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको हातामा निर्मित उक्त भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज यहाँ उद्घाटन गर्दै प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु