Saturday, 19 August 2017 03:31 am, Nepal

लमजुङको दुराडाँडामा आज हलो क्रान्ति दिवस मनाईंदै

मेचीकाली : 2017-07-26 08:43:15

लमजुङ, ११ साउन : आज ६८औं हलो क्रान्ति दिवस । ब्राम्हाणहरुले पहिलो पटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा अुगवा पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दैछ । वि.सं. २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हाणहरुले सामुहिकरुपमा हलो जोतेका थिए ।

पुरा पढ्नुहोस्

जबर्जस्ती करणी गर्ने एकजना पक्राउ

मेचीकाली : 2017-07-04 08:33:39

लमजुङ, २० असार : लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन् ।

पुरा पढ्नुहोस्

जमिन बाँझो राख्न नपाइने गाउँपालिकाको निर्णय

मेचीकाली : 2017-06-29 13:48:38

लमजुङ, १५ असार : उत्तरी लमजुङमा रहेको मस्र्याङ्दी गाउँपालिकाको बुधबार बसेको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवद्र्धनमा टेवा पु¥याउन विशेष प्राथमिकताका साथ भूउपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

पुरा पढ्नुहोस्

सहयोग पाए बाँच्ने सरिताको रहर

मेचीकाली : 2017-06-21 08:42:55

लमजुङ, ७ असार : घरमा वृद्ध बुबालाई प्यारालाइसिस (पक्षाघात) छ, सासूआमा वृद्धा हुनुभयो, छोरो बल्ल १० वर्षको भयो । लमजुङ टारगाउँकी २७ वर्षीया सरिता बरालका दुवै मिर्गौला फेल भएपछि उनको परिवार बिचल्लीमा परेको छ ।

पुरा पढ्नुहोस्

मनाङका २८ वडामा २८ वटै मतदानस्थल

मेचीकाली : 2017-03-29 10:03:14

लमजुङ, १६ चैत  : हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ । चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो । ौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताए । उनका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा १८ वटा मतदानस्थल तोकिएका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु