Tuesday, 26 September 2017 01:11 pm, Nepal

माछा मार्ने क्रममा करेण्ट लागेर मृत्यु

मेचीकाली : 2017-09-09 15:02:43

लमजुङ, २४ भदौ : लमजुडको मध्यनेपाल नगरपालिकामा करेण्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यनेपाल ७, रामबजारका ३६ वर्षीय विलबहादुर बोटे रहेका छन् । मिदिम खोलामा माछा मार्ने क्रममा उनकोे करेण्ट लागेर मृत्यु भएको हो । ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा लामो बाँस बिजुलीको तारमा छोइएपछि करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर भएका बोटेलाई उपचारका लागि पोखरा लादैगर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।

पुरा पढ्नुहोस्

लमजुङमा अलैँची टिप्न शुरु

मेचीकाली : 2017-09-01 17:43:35

लमजुङ, १६ भदौ : जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् ।सातसय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अलँैची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो ।

पुरा पढ्नुहोस्

लमजुङको दुराडाँडामा आज हलो क्रान्ति दिवस मनाईंदै

मेचीकाली : 2017-07-26 08:43:15

लमजुङ, ११ साउन : आज ६८औं हलो क्रान्ति दिवस । ब्राम्हाणहरुले पहिलो पटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा अुगवा पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दैछ । वि.सं. २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हाणहरुले सामुहिकरुपमा हलो जोतेका थिए ।

पुरा पढ्नुहोस्

जबर्जस्ती करणी गर्ने एकजना पक्राउ

मेचीकाली : 2017-07-04 08:33:39

लमजुङ, २० असार : लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन् ।

पुरा पढ्नुहोस्

जमिन बाँझो राख्न नपाइने गाउँपालिकाको निर्णय

मेचीकाली : 2017-06-29 13:48:38

लमजुङ, १५ असार : उत्तरी लमजुङमा रहेको मस्र्याङ्दी गाउँपालिकाको बुधबार बसेको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवद्र्धनमा टेवा पु¥याउन विशेष प्राथमिकताका साथ भूउपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु